हरेक देशमा पुगेर नेपाल चिनाउंदै छिन्, राधा

असनेपाल न्युज , सिड्नी । ‘राधा ‘ नेपाली साहित्यिक कृतिले विश्व वजारमा विशेष ख्याति कमाउंन पुगेको छ । नेपाली साहित्य वाङ्मयमा आफ्नो स्थान अब्बल बनाउंन सफल राधा विश्व बजारमै अङ्रेजी सँस्करण मार्फत आफ्नो आयतन बढाउंन सफल बनेको हो। यसको सबै श्रेय विश्वका साहित्य प्रेमिलाई जान्छ , एउटा पुस्तक विश्व बजारमा पुग्नुमा मेरो भन्दा पनि पाठकको रुचिले नै ज्यादा भूमिका खेल्छ ” नेपाली साहित्यका लोकप्रिय सर्जक तथा राधाका लेखक कृष्ण धारावासि असनेपालन्युजलाई बताउंनु हुन्छ ।
हाल राधा विश्वका विभिन्न देशमा नेपाली साहित्यको परिचय दिंलाउंदै छ । अमेरिकाको राजधानी वासिङ्टनमा ‘राधा’को अंग्रेजी अनुवादको विमोचन भएको थियो । एक्सलाइब्रिस प्रकाशनले छापेको यो पुस्तक आज विश्वभरि बिक्री भइरहेको छ।”हामी एक नेपाली मोडललाई अनलाइनमा भोट दिएर जिताउंछौं , कुनै कलाकारलाई सामाजिक सन्जालमा चर्चामा ल्याउंछौ यस्तै नेपाली साहित्यलाई पनि किन यसरीनै माया गरेर बौद्दिकताको कदर नगर्ने , तपाईं हाम्रो एक क्लिक ले नेपाली साहित्यको पहिचान उकासिन सक्छ “धारावासिको धारणा छ ।
राधा विश्वका पुस्तक सार्वाधिक विक्री हुने अनलाइन साइट ‘अंम्याजोन “बाट धमाधम लोकप्रियाता सम्हाल्दै छिन्।विदेशका नेपालीहरूले आफ्ना एक एक विदेशि साहित्यिक मित्रहरूलाई सिफारिस गर्ने मात्र हो भने पनि यसले नेपालीलाई संसारमा वौद्दिक स्तर बाट चिनाउंन पहल गर्ने साहित्य प्रेमिहरू को राय छ ।
नेपाली हरूलाई संसारमा एक फरक तरिकाले चिनाउंन यस्ता पुस्तकहरूलाई थप प्रचार गर्नु पर्ने सबै नेपाल प्रेमि लाई आग्रह गर्दछु सर्जक धाराबासि असनेपालन्युज लाई बताउंनु हुन्छ ।
यो लिङ्कबाट संसारका सबैले राधालाई आफ्नो बनाउंन सक्नेछन् ।https://www.amazon.com.au/Radha-Love-Renunciation-Krishna-Dharabasi-ebook/dp/B079KHNC99/ref=sr_1_1?ie=UTF8&qid=1518263684&sr=8-1&keywords=radha+krishna+dharabasi

 

सम्बन्धित शिर्षकहरु