भारतमा एकैदिन थपिए १८ हजार बढी कोरोना संक्रमित

काठमाडौं । भारतमा एकै दिन १८ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा भारतमा १८ हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा संक्रमितको संख्या चार लाख ९१ हजार एक सय ७० पुगेको छ । मृतकको संख्या पनि १५ हजार नाघेको छ । भारतमा कोरोनाबाट १५ हजार तीन सय आठ जनाले ज्यान गुमाएका हुन् । एकैदिन भारतमा चार सय जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म २८ लाख ५६ हजार ७१ जना संक्रमित उपचारपछि निको भएका छन् । भारत कोरोना संक्रमित बढि हुने मुलुकको चौथो स्थानमा रहेको छ ।

सम्बन्धित शिर्षकहरु