काठमाडौं । पछिल्लो समयमा आइसोलेसनबाट फर्किएका व्यक्त्तिहरुलाई पनि पुन कोरोना भाइरसको संक्रमण देखिएपछि सर्वाेच्च अदालतले यस सम्बन्धी फरक आदेश दिएको छ ।
अदालतले आइसोलेसनबाट फर्किएका व्यक्त्तिहरुलाई उनीहरुको पीसीआर टेस्ट गरेर मात्र घर पठाउन आदेश दिएको हो ।
अधिवक्ता सन्तोष भण्डारीसमेतले दायर गरेको सार्वजनिक सरोकारको रिटमा सोमबार सर्वाेच्च अदालतले आइसोलेसनमा बसेका विरामीहहरुको अनिवार्य रुपमा पीसीआर टेस्ट गरेर मात्र घर पठाउन आदेश दिएको हो ।
उक्त रिट माथि छलफल गर्दै सर्वोच्चका न्यायाधीश डा. आन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले आइसोलेसनमा रहेका बिरामीलाई निश्चित अवधिपछि बिना परीक्षण घर पठाउन सकिने भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्माण गरेको निर्देशिकालाई अब बदल्नु पर्ने अवस्था रहेको बताएको हो ।
बिरामीको संख्या तथा परीक्षण क्षमता हेर्दा पुनः परीक्षण गर्नै पर्ने अवस्था देखिएको आदेशमा भनिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे गत जेठ २२ गते कोरोना भाइरस परीक्षणको विषयको निर्णय अनुसार ल्याएको कोरोना परीक्षण सम्बन्धि निर्देशिका कार्यान्वयन नगर्नू भन्दै आदेश दिएको हो।
पछिल्लो समय कतिपय ठाउँमा १४ दिन सम्म आइसोलेसनमा राख्दै पीसीआर टेस्ट नगरि घर पठाउने गरेपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।







