राजपालाई निर्वाचनमा आउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले राजपालाई स्थानीय निर्वाचनमा सहभागी हुन आग्रह गर्नु भएको छ । दोस्रो तहको निर्वाचनपछि संविधान संशोधन गरिने प्रतिवद्धता जाहेर गर्दै उहाले आज राजपालाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नु भएको हो ।

मधेसी दलका नेता सर्वेन्द्रनाथ शुक्ला, शिवजी यादव लगायतका नेताहरुसँगको संविधान संशोधन बारे संवादमा देउवाले दोस्रो तहको निर्वाचनपछि संशोधन हुनेमा ढुक्क हुन आग्रह गर्नु भएको हो ।

उहाले भन्नु भयो, “हामी दुई तिहाइ पुर्‍याउने कसरतमा छौं, तपाईंहरु निर्वाचनमा सहभागी हुनुहोस् । निर्वाचन पछि कुनै पनि हालतमा तपाईहरुले भने जसरी संविधान संंशोधन हुन्छ ।”

शुक्रबार व्यवस्थापिका संसदमा प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो प्रतिकृया दिनु भएको हो ।

सम्बन्धित शिर्षकहरु