नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृत्यु, मृतकको संख्या ४ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते बाराको करैयामाइ गाउँपालिका, ७ उम्जनकान ७० वर्षका वृद्धको ज्यान गएको थियो । उनमा कोरोना पुष्टि भएको छ ।

सोमबार एक जना कोरोना संक्रमण भएर मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको मन्त्रालयले जनाएको छ।

सोमबार मात्र रिपोर्ट आएको वृद्धको मृत्यु पछि अन्तेष्टि भइसकेको छ । उनको अन्तेष्टिमा मात्र ५० भन्दा बढी व्यक्ति सहभागी भएको खुलेको छ । यसअघि सिन्धुपाल्चोक, बाँके र गुल्मीका एकरएक जनाको ज्यान गएको थियो ।

सम्बन्धित शिर्षकहरु