एकै दिनमा यति धेरै संक्रमित निको भए

काठमाण्डौ,विश्वमै कोरोना संक्रमणको उच्च जोखिम देखिएको नेपालमा निको हुने संक्रमितहरुको संख्या पनि बढीरहेको छ । सोमबार एकैदिनमा मात्रै ३ सय ७० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन ।

निको हुनेमा ३२ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन् ।उनिहरु सबै बिभिन्न अस्पतालबाट डिस्चार्ज भएका हुन ।
यो संख्या सँगै निको हुनेको संख्या २ हजार १ सय ४२ जना पुगेका छ । ती मध्येमा १ सय ६१ महिला र १९ सय ६१ पुरुष छन् ।

एकैपटक धेरै जना डिस्चार्ज भएको पहिलो पटक हो ।

निको हुनेहरुमा दाङबाट ६, सुर्खेतबाट ६, जिल्ला अस्पताल कालिकोटबाट २८, दैलेखबाट २ सय ६५, सल्यानबाट ३७, नारायणी अस्पताल वीरगंजबाट ११ र धादिङबाट १७ जना छन् ।

सोमबार नै चौविस घण्टाभित्रमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय संक्रमितहरुको संख्या पनि दैनिक बढिरहेको छ । नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । ती मध्येमा ८ हजार ६ सय ६७ पुरुष र ८ सय ९४ महिला छन् ।

सम्बन्धित शिर्षकहरु