रुसको राष्ट्रपतिय निर्वाचनमा पुटिन विजयी

एजेन्सी । भ्लादिमिर पुटिन चौथोपटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । पुटिन ७६ प्रतिशत भन्दा बढी मतसहित विजयी भएको रुसी निर्वाचन आयोगले जनाएको छ । आइतबार भएको राष्ट्रपतिको चुनावमा ११ करोड नागरिकले मतदान गरेका थिए । पुटिनले अब ६ वर्ष रुसको नेतृत्व गर्नुेछन् । उनको चुनावी अभियान टोलीले यो जितलाई अविश्वासनीय भनेको छ । जित निश्चित भएसँगै सुरु भएको र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले विगतका उपलब्धिलाई नागरिकले अनुमोदन गर्दै आफूलाई मत दिएको प्रतिक्रिया दिएका छन् ।

उनको कार्यकाल ६ वर्षको हुनेछ । पछिल्ला वर्षमा पुटिनको लोकप्रियता र शक्ति विश्वभर नै बढेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् । राष्ट्रपति निर्वाचनका लागि वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन सहित अन्य ८ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनको क्रममा भने उनले ती प्रतिस्पर्धीहरुलाई पाखा लगाउन सफल भएका छन् ।

सम्बन्धित शिर्षकहरु