उत्तर कोरियाविरुद्ध सैन्य कारवाही गर्ने अमेरिकाको अन्तिम चेतावनी

भदौ १९ । उत्तर कोरियाले शक्तिशाली परमाणु बम परीक्षण गरेपछि अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएको छ ।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाली परमाणु बम परीक्षणले अमेरिका र उसका सहयोगी मुलुकमाथि खतरा आइलागेको भन्दै कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको कुराकानीपछि रक्षामन्त्री म्याटिसले उत्तर कोरियामाथि सैन्य कारबाहीको चेतावनी दिएका हुन् ।। ह्वाइट हाउस बाहिर पत्रकारहरुसँग कुरा गर्दै रक्षामन्त्री म्याटिसले अमेरिकासँग आफ्नो देश र सहयोगी मुलुकहरु दक्षिण कोरिया र जापानको रक्षा गर्न सक्ने क्षमता रहेको बताए । उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बमको सफल परीक्षण गरेको छ । एजेन्सी

सम्बन्धित शिर्षकहरु