असनेपाल न्युज / अस्ट्रेलिया । २०१५ देखि यता हरेक वर्ष जुन २१ का दिन मनाइंंदै आइएको योग दिवस आज पनि अष्ट्रेलियाको ओल्ड्स पार्कूमा भव्यताका साथ मनाइएको छ ।
प्रतिकुल मौसमका बावजुद पनि विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको आयोजना रहेको उक्त कार्यक्रममा उल्लेखनीय मात्रामा योगीहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा विश्व शान्ति दुत तथा उत्प्रेरक वक्त्ता तथा योग गुरू आचार्य राजन शर्मा, सेयर सस्थाका एडन प्रकाश , विश्व शान्ति तथा अध्यात्म समाजका तर्फ बाट विदुर प्रसाद सापकोटा, महेश्वर शर्मा र योगि कैलाश प्रधान को उपस्थिति रहेको थियो । आर्चाय शर्माले योग अभ्यास गराउनुका साथै सात्विक भोजन र जीवनचर्याको बारेमा पनि विविध जानकारी दिनुभएको थियो ।
योगले आफु भित्र भएको आत्म तत्वलाइ जान्नको लागि उल्लेखनिय भुमिका खेल्ने पनि उहाँले प्रकाश पार्नु भएको थियो ।
यसैगरी विदुर सापकोटाले प्रत्येक वर्ष आफुहरूले विभिन्न ठाउंमा योग प्रचार गर्दै यहाम्म आइएको तर योग कुन कुन ठाउंमा गर्नु भन्दा पनि यसलाइ निरन्तरता दिइरहेकोमा गर्व गर्न पर्ने बताउनुभयो ।
अस्ट्रेलियाको अन्य स्थानमा समेत यस्तो दिवस आयोजना गरिएको छ । यस अघि आचार्य राजन शर्माज्यु ले अस्ट्रेलियाको मुटु ओपेरा हाउस प्राङ्गणमा समेत यो कार्यक्रमको आयोजना गर्नु भएको थियो ।
यस्तै अमेरिकी बिमानमा उडिरहेको अवस्थामा योग उत्प्रेरणा शिविर सन्चालन गरि विश्व कीर्तिमान कायम गर्नु भएको थियो ।
सो अवसरमा महेश्वर शर्मा ले पनि योग शरीर, मन र मस्तिस्क्को लागि एक मार्ग निर्देशकको रूपमा का गर्ने पनि बताउनु भयो । यस्तै सहभागी मध्येका एक योगी शोभा ओलि पनि यस किसिमको कार्यक्रमले आफु र आफुजस्ता मानिसहरूलाइ अत्यन्त लाभ पुर्याएको बताउनु भयो ।













