शारीरिक एवं मानसिक स्वास्थ्यका लागि योग आवश्यक :प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक एवं मानसिक स्वस्थ्य योग शिक्षाको महत्व अहिले पनि उत्तिकै रहेको बताएका छन ।

छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोग गर्नु पर्नेमा जोड दिएका छन ।

उनले कोरोना महामारीका बेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोवलमा ध्यान दिनु पर्ने धारणा राखेका छन ।
प्रधानमन्त्री ओलीले भनेका छन,”अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।”

शारीरिक एवं मानसिक स्वस्थ्य र निरोगी नागरिक समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने मुख्य आधार भएको ओलीले भनाई छ ।

सम्बन्धित शिर्षकहरु