कोरिया विरुद्ध थप प्रतिबन्ध लगाउने तयारी

ब्रसेल्स (बेल्जियम), जेठ २५ ।  (ईयू) ले उत्तर कोरिया विरुद्ध आगामी दिनमा थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । उत्तर कोरियाले विश्व समुदायको आग्रहकाविरुद्ध  एकपछि अर्को गर्दै  क्षेप्यास्त्र तथा आणविक हतियारहरु परीक्षणलाई लिएर केही व्यक्ति र सङ्घसंस्थाविरुद्ध प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसङ्घको निर्णयलाई पछ्याउँदै थप १४ उच्च अधिकारी र चार सङ्घसंस्थालाई प्रतिबन्ध लगाउने जनाएको हो । ससँगै ईयूले जम्मा ५३ उत्तर कोरियाली उच्च अधिकारी र ४६ सङ्घसंस्था प्रतिबन्धित सूचीमा परेका छन् । युरोपेली आयोगले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव नं. २३५६ ले गरेको व्यवस्थाअनुसार प्रतिबन्ध लगाउने निर्णय लिएको हो । रासस÷सिन्ह्वा

––––––

सम्बन्धित शिर्षकहरु