रूसी आक्रमणबाट युक्रेनका कैयौं सहरमा क्षति

एजेन्सी- झन्डै ४२ दिनदेखि रूसी आक्रमण भोगेको युक्रेनको अवस्था निकै कम्जोर जस्तो देखिएता पनि आफु डटेर सामना गरिरहेको छ। पूर्वी युरोपेली मुलुक युक्रेनले छिमेकी रूसी सैनिकको आक्रमण पछिल्लो समय निरन्तर रूपमा भोगिरहेको छ।

यहि गएको फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाहीको निर्देशन दिएका थिए। त्यसपछि रूसी सैनिकले युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेका छन्।

निकै विशाल र आधुनिक मानिएको रूसी सैनिकको आक्रमणको युक्रेनीहरूले डटेर सामना गरिरहेका छन्। दुबै पक्षले आधिकारिक विवरण त सार्वजनिक गरेका छैनन् तर आज सम्म हजारौं रूसी सैनिक मारिएको अनुमान गरिएको छ। रूसी आक्रमणको युक्रेनी सुरक्षा फौजले गरिरेहको सामनालाई धेरैले तारिफ गरेका छन्।

रूसी आक्रमणबाट युक्रेनका कैयौं सहरमा क्षति पुगेको छ। शहरको सुन्दरता नै बिग्रेको छ । हरेक भवनहरुमा क्षति पुगेको छ । त्यहाँका सर्वसाधारणको दैनिकी निकै कठिन भएको छ। तीस लाखभन्दा बढी मानिसहरू देश छोडेर निस्किएका छन्। मरिओपोललगायत सहरमा मानिसहरू अहिले पनि बाहिर निस्कन सकेका छैनन्।

विभिन्न खुला ठाउँमा सर्वसाधारणहरु दिन काट्न बाध्य भएका छन । हरेक सेवा बाट बन्चित भएर आजित बनेका त्यहाँका जनतालाइ मर्ने बाच्ने भन्ने कुनै ठेगान छैन । आम सर्वसाधारण प्रयाप्त खानेपानी, बिजुली र खानाबिना दिन काटिरहन बाध्य छन्। यति कठिनाइ हुँदा पनि युक्रेनी सुरक्षा फौजले रूसी सैनिकमाथि कडा प्रतिरोध गरिरहेको छ। युक्रेनि सेनाले आफुले सकेसम्म रुसि सेनाको प्रतिरोध गरिरहेको जनाएको छ। [Ausnepalnews:Kathmandu]

सम्बन्धित शिर्षकहरु