कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बिहीबार परीक्षा बोर्डले १२ कक्षाका सबै समूहको नतिजा एक पटक सार्वजनिक गरेको हो।

गत वैशाखमा भएको  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् ।

त्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७ हजार ४० विद्यार्थी छन्। त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए।

बोर्डले आंशिकतर्फको नतिजा भने अंकमै प्रकाशित गरेको हाे।  रिजल्ट थाहा पाउनका लागि राष्ट्रिय परीक्षा बोर्डकाे वेभसाइट  http://neb.ntc.net.np का साथै नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताहरुले  results (Space) Symbol number टाइप गरी ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सक्नेछन्।

विद्यार्थीले कुनै एक विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिका लागि  परीक्षा दिन सक्ने पनि परीक्ष वोर्डले जनाएको छ। परीक्षा भदौ १६ गते  हुनेछ।

सम्बन्धित शिर्षकहरु