भारत असल मित्र भए लुटिएका भूमी फिर्ता देउ :नेता शर्मा

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले भारत हाम्रो असल मित्र हो
विगतमा लुटिएको नेपाली भूभाग गर्नुपर्ने धारणा राखेका छन ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ नक्सालाई संवैधानिक मान्यता दिन सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा आफ्नो बिचार व्यक्त्त गर्ने क्रममा अंग्रेज सम्राज्यले लुटेको नेपाली भूभाग नेपाललाई नासोका रुपमा फिर्ता गर्नुपर्ने बताएका हुन् ।
उनले अंग्रेज साम्राज्यले लुटेको नेपालको दार्जिलिङ, काँगडासम्मको भूभाग भारतले नेपाललाई फिर्ता दिएमा मात्र उसको असल चरित्र देखिने बताए ।
नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेट्ने विषयमा देखिएको राष्ट्रिय एकताप्रति नेता शर्माले खुसी प्रकट गरे ।

नेता शर्माले भने’ “सगौरव दार्जिलिङ, काँकडासम्मको भूभाग फिर्ता गरिदिनुपर्छ यो तपाईंहरुको नासो हो, यो नासो बुझ्नुस् भनेर भन्नुपर्छ ।”

त्यसैगरी नेता शर्माले नेपालीहरुको इच्छा अनुसार तत्काल कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान भारतसँग माग गरे ।

स्वयं केही भारतीय नेताहरूले समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको बताइरहेका बेला भारत सरकारले नेपालको भूमिबाट भारतीय सेना फिर्ता लैजानुपर्नेमा शर्माको जोड छ।

सम्बन्धित शिर्षकहरु