देशद्रोह गर्न नछोडे पछी सांसद सरिता गिरीलाई आफ्नै पार्टीले निलम्बन गर्दै

काठमाडौं, आफ्नै पार्टीको सुझाव र आदेशलाई अट्टेर गर्दै देशद्रोही अभिव्यत्ति दिदै आएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई साधारण सदस्य समेत नरहने गरी पदबाट हटाइने भएको छ ।

नेपालको नँया नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको फिर्ता गर्नुपर्ने अडान लिदै आएकी गिरीले पार्टीको सिद्धान्त र निर्देशन विरुद्ध बोल्दै आएकोले उन्लाई हटाउन लागिएको पार्टिले अनौपचारिक जानकारी दिएको छ ।

समाजवादी पार्टीका एक नेताले बताए अनुसार पार्टीले सांसद गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने पक्का निर्णय भइसकेको छ ।

पार्टीको ह्विप उल्लंघन गरेकी गिरीलाई पार्टीको निर्णय र निर्देशान् मान्न पटक पटक सम्झाइएको थियो ।

पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरिसकेपछि पनि पार्टीले फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न जारी गरेको ह्वीपलाई अट्टेर गरेपछी गिरीलाई कारवाही स्वरुप यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनलाई पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने छ ।

गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसदले संसददेखी विभिन्न मिडिया मार्फत सिमाक्षेत्र लिपुलेक, लिम्पियाधुरा र काली नदीका बिषयमा देश विरुद्धका अभियक्त्ति दिदै आएकी थिइन ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।

सम्बन्धित शिर्षकहरु