सुटुक्क पहुँचवाला व्यक्ति लिएर क्यानबेराबाट फर्कियो नेपाल एयरलाइन्सको जहाज

अप्ठ्यारोमा परेका खिन्न, को हुन् ती भाग्यमानी ?

सञ्जिब अर्याल/ असनेपाल न्युज, अष्ट्रेलिया । तेस्रो पटक अष्ट्रेलिया आएको नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाजमा ११ नेपाली सुटुक्क स्वदेश फर्किएका छन् ।

यसअघि दुई पटक अष्ट्रेलिया आएको विमान रित्तै फर्किएपछि तेस्रो पटक चाहि यहाँ फसिरहेका नेपालीको उद्दार गर्नुपर्ने माग उठ्दा पनि पहुँचवाला लाई नै लिएर फर्किएको हो ।

सेटिङ मिलाउँदै पहुँचवाला व्यक्ति स्वदेश फर्किएका छन्। विमान आउदा कम्तिमा पनि २ सय ७० जनालाई उद्दार गर्ने तयारी अनुसार अष्ट्रेलियामा फसिरहेका १४ सय नेपालीले स्वदेश फर्कनका लागि अनलाईन फारम भरेका थिए ।

तर, अन्तिम समयमा प्राविधिक कारण देखाउदै तेस्रो पटक पनि विमान रित्तै फर्किने क्यानवेरास्थित नेपाली दुतावासले जानकारी गराएको थियो ।

कुल ११ जना स्वदेश फर्किएकोमा दुई जना भने बिरामी रहेकाले अष्ट्रेलियास्थित नेपाली राजदूतावासको सिफारिसका आधारमा प्राथमिकतामा परेका हुन्।

अन्य भने पहुँच र भनसुनका आधारमा माथिको आदेशबमोजिम भनी स्वदेश फर्काइएको हो।

दुतावास स्रोतका अनुसार सुटुक्क नेपाल फर्किनेमा पित्त थैलीको क्यान्सरबाट पीडित एक नेपाली युवा विशाल पौडेल र उनकी श्रीमति एलिशा अधिकारी छन् ।

ब्रिजवेनमा बस्दै आएका यी नेपाली दम्पत्ति क्यान्सरको उपचार गर्न भारत जान लागेका थिए । तर, सिधै जाने हवाई उडान नभएपछि नेपालको बाटो हुदै जान लागेका हुन् ।

यस विमानमा भन्सार विभागका महानिर्देशक सुमन दाहालकी श्रीमती चर्चा भट्टराई र उनकी छोरी, गृह मन्त्रालयका कर्मचारी जितेन्द्र बलामी र जयकला राई, घुम्न आएका ज्योति सिलवाल र उनकी बहिनी, गायिका सुनिता परियार लगायत रहेको स्रोतले जनाएको छ।

जितेन्द्र बलामी र जयकला राई गृहमन्त्रालयबाट तालिमका लागि अष्ट्रेलिया आएका थिए ।

दुई सय ६७ यात्रु क्षमता भएको यस विमानमा पहुँचका आधारमा ११ जना मात्र फर्काउनुमा नेपालीहरुले विरोध जनाएका छन् ।

नेपाल सरकारको उच्चस्तरीय कोभिड १९ रोकथाम समितिबाटै विशेष आग्रह भैआएको र सोही अनुरुप उनीहरु सरकारी प्रकृया मिलाएर फर्केको दूतावास स्रोतले दाबी गरेको छ ।

‘गत मार्च २५ तारिखदेखि कोरानाका कारण अष्ट्रेलियाले सिमा बन्द गरेर लक डाउन गरेको थियो । हवाई उडान बन्द भएपछि घुम्न आएका तथा समस्यामा परेका नेपालीहरु घर फर्कन नपाएर अप्ठ्यारोमा परेका थिए ।

उनीहरुले सुरु देखि नै स्वदेश फर्काइदिन दूतावास, गैरआवासिय नेपाली संघ, मिडिया र सामाजिक संघसंस्थासंग हारगुहार गर्दै आएका थिए । मेलवर्नमा फसिरहेका एक पूर्व क्रिकेट खेलाडी अनिल अधिकारीले त भोक हड्ताल नै गरेका थिए ।

तर, पटक पटक विमान रित्तै फर्किदा पनि आफुहरुको उद्दार नगरेको भन्दै उनीहरुले चर्को आलोचना गरेका थिए । तर, तेस्रो पटक पनि ११ जना नेपालीलाई मात्रै सुटुक्क पठाएपछि उनीहरु खिन्न बनेका छन् ।

स्वदेश फर्किन चाहने आफ्ना नागरिक तथा स्थायी बासिन्दाका लागि नेपालवाट आवश्यकता अनुसार चार्टड विमानल्याईरहेको छ तर पैसा तिरेर क्वारेन्टाईन बस्छु भन्दापनि हाम्रा शासक भने नाम संकलनमै अड्किएका छन ।

प्रविधिक कारण क्यानबेरा आएको नेपाल एअरलाईन्सवाट पनि अलपत्र परेका नेपाली स्वदेश फर्काउन नसकिएकोमा राजदुतावासको कथनका बावजूद गृहका दुई कर्मचारी सहित केही भाग्यमानी सुटुक्क सेटिन गरेर विमानमा फर्केको खबर पाईयो । हेमन्त काफ्ले पत्रकार अस्ट्रेलिया

 

सम्बन्धित शिर्षकहरु