यी हुन् क्वोरन्टिनका लागि प्रयोग गरिने होटलहरु (सूचीसहित)

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणका कारण विदेशमा समस्यामा परेकाहरुलाई उद्धार गरेर होटलमा राख्ने भएको छ ।

सरकारले उद्धार गरेर ल्याइएकाहरुलाई क्वारेन्टिनमा राख्न ४७ वटा होटेलहरुको सूची सार्वजनिक गरेको छ । सरकारले उद्धार गरेर ल्याइएकाहरुलाई एकतारेदेखि पाँचतारे होटलहरुमा राख्ने तयारी गरेको छ ।

सरकारले तयार गरेको सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटकस्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् ।

सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने जनाइएको छ । शुक्रबार म्यानमार र युएईबाट नेपालहरु आएका छन् ।

हेर्नुस् सरकारले सार्वजनिक गरेका होटलको सूची

सम्बन्धित शिर्षकहरु