कवि निरौलाको कविता पढेपछि साहित्यकार नारायण पोखरेलले के भने?

कवि उदय निरौलाको कविता “सलेमन्डरको छालाको घाम छाम्दै” मा  लेखक साहित्यकार नारायण पोखरेल समालोचनात्मक टिप्पणी गर्दै के भन्छन त ?

श्रदेय कवि निराैलाज्यूका कविता धेरै पटकपटक पढेपछि लेख्न मन लाग्छ ,सजिलो छ लेख्न “सुन्दर छ”तर सुन्दरताकाे मापनका निम्ति अौजार त चाहियो ,हामी सिपालु छौँ काम चलाउन ,दाँत फुकाल्न धेरै पटक “आरन”मा गएर फलाम च्याप्ने सनासाेले काम चलाएकै हौँ,मुरली बनाउन कति पटक हँसियाकाे पाराे तताइयाे लेखाजोखा नै छैन ,प्रयाेगकाे सीपमा तलमाथि पर्याे भने चाँहि अर्को दाँत पनि भाँचिन्छ,मुरली त बन्दैन नै हँसिया समेत बिग्रन्छ ।त्यसैले खाेज्छु लेख्न तर थचक्क हुन्छु फेरि ।कुनै पनि कुनामा ( चेप,कुनो)सङ्काेच छैन मलाई निर्धक्क भन्छु ,निराैला वास्तवमै कवि हुनुहुन्छ ।उहाँकाे यो कविता छरपस्ट कथाहरुकाे कसिलो एउटै पाेकाे हाे,भावनाका चुच्चाहरु पनि यत्रतत्र पुगेका छन् ,कति तागतले समातेँ थाह छैन मलाई एउटा चुच्चो बल्लतल्ल भेटेँ ।देशबाहिर संसारभर विभिन्न कारणले रहेका नेपालीहरुकाे समसामयिक पीडाकाे कारुणिक चित्रकाे प्रतिध्वनि असाध्यै मर्मस्पर्शी लाग्यो ।बाँकी चुच्चाहरुकाे यात्राको तरखरमा छु। –नारायण पोखरेल 

कविता
कवि उदय निरौला ,इलाम नाम्सालिङ।
————————————-
सलेमन्डरको छालाको घाम छाम्दै
————————
वर्तमानमा हावा ,पानी
आकाश !
घाम अनि माटो
खासमा पञ्चतत्व खसोखास!
सबै चनाखो बनेकाछन्
कतै कोरोना मिसिएको
कुनै तेस्रो तत्व प्रवेश त भइरहेको छैन
कतै मर्त्यलोकमा कुनै तेस्रो ब्रम्हाण्डबाट
कतै यमराजको अनौठो बान्कीको
एलियन त झरेको छैन??

फुल्न नविर्षिएरै विहान विहान गुलाफ
चिहाइरहेछ एकपटक आकाश
अर्को पटक चिहाइरहेछ गुलाफ
मारिया हेलेनका हातहरू।
र मारिया पनि हेर्छे
एकपटक गुलाफ लाई
र अर्को पटक माटो ,घाम र आकाश
अनि हुत्याएर आँखाका बवल्सहरू
पर… परसम्म फैलिएको निलो सागरको पानी
र लगातार नापिरहेछ नाक -मारियाको हावामा
कनखचम्पा र डङ्गुर कन्टेनरका सिन्होहरू
र बमनहरू।
कतै गुम्सिएको छकि?
पोस्ट बक्समा महाकालको चिठी ?
उघार्छन् आँगन छेउको पोस्ट बक्स
मारियाका त्तँखाहरू!

काममा खोयोको ठेप्सी ठोकेको
पेटमा कंङ्गारूको छाला कसेको
पनि यो कोरोना कहरमा
निकै समय बगि सक्यो “हक्सवरी रिभरमा”
छाम्छे मारिया हेलेन बेलुन जस्तो भुँडी
र संझन्छे छोरा माइकल स्लेटर
अनि छोरी ह्वाना बाक्सटरलाई।

ठ्याक्कै हाम्रा दिदी हरिना रम्तेलहरू
र मिठु एक्चेईहरू
अनि चमेली कठ्ठेतहरू
र सारदा वशिष्ठहरू,भारद्वाजहरू
सलिना ताम्राकारहरू अनि यस्तै असंख्य हेमा,,सीता,र काँचुली घलिनी दिदीहरू
तल तल बहराइन र अझ तल
यमन अनि इराक झरेका
मुटुका टुक्राहरूलाई
पेटमा गान्हो गर्जेका बखत्
जसरी छाम्छन्,
जसरी सुम्सुम्याँउछन्
ठ्याक्कै ,दुरुस्तै उस्तै
मारिया हेलेनको तौर तरिका पनि
आखिर काटे रगत आउने
निचोरे गलामा बतास गाँठो पर्ने
उस्तै उस्तै मान्छे
दुरूस्तै त्यस्तै
मात्र फरक
भूगोलको माथिल्लो छेउ
र तल्लो छेउ।
एकनास हेरिरहेछु म
यो कोरोनाकहरको दुष्ट सौर्न्दर्य
भित्रको सौर्न्दर्य एकनास यो टापुमा
सलेमन्डरको छालामा टल्किरहेको
घामको किरण छाँम्दै।

 

 

 

 

सम्बन्धित शिर्षकहरु