कोरोनाबाट संक्रमितको संख्या ४८ लाख नाघ्यो, ३ लाख १९ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ । विश्वभर ४८ लाख ८५ हजार ९४५ जना संक्रमित भएका छन् ।जसमध्ये १९ लाख ३ हजार २०० जना संक्रमण मुक्त भएका हुन् ।

विश्वभर ३ लाख १९ हजार ८३८ जनाको मृत्यु भएको छ ।बितेको २४ घण्टामा ३ हजार ३१८ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।

२६ लाख ६२ हजार ९०७ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ७५४ जनाको अवस्था गम्भीर छ ।

सम्बन्धित शिर्षकहरु