थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी स्वास्थ्य प्रतिष्ठानको परीक्षणमा एक स्वास्थ्यकर्मीसहित तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङको विराटनगर निवासी २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ । अहिलेसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित शिर्षकहरु