एसीसी यू-१९ प्रिमियर लिगमा नेपालको जित

कात्तिक २४ ।काठमाडौ,एसीसी अण्डर १९ प्रिमियर लिग क्रिकेटमा नेपालले आज कुवेत विरुद्ध २ सय ६२ रनको फराकिलो जीत हात पारेको छ ।

३ सय २६ रनको लक्ष्य पछ्याएको कुवेत २७ ओभर ४ बलमा ६३ रनमा समेटिएपछि नेपालले विशाल जीत हात पारेको हो । नेपालको बलिङ्ग सामु कुवेतका कुनैपनि ब्याट्स्म्यान धेरैबेर टिक्न सकेनन् ।

बलिङ्ग तर्फ नेपालका दिपेश श्रेष्ठ, सुनिल धमला र इर्शाद अहमदले समान २र२ विकेट लिए । यसअघि टस हारेर व्याटिङ्गको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकृट गुमाउँदै ३ सय २५ रन बनाएपछि कुवेतले ३ सय २६ रनको लक्ष्य पाएको थियो ।
सुरुवाती ३ विकेट लगातार गुमाएपनि पछिल्ला क्रममा व्याट्स्म्यान चलेपछि नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ३ सय २५ रन बनाउन सफल भएको हो ।
चौथो ओभरमा ९ रन जोड्दा ३ विकेट गुमाएको अवस्थालाई उकास्दै चौथो विकेटका लागि आरिफ सेख र राजु रिजालको जोडिले ९४ रनको साझेदारी गरे । रिजाल ३१ रनमा आउट भए ।
त्यसपछि क्रिजमा आएका सन्दिप सुनारसँग मिलेर आरिफ सेखले पाचौँ विकेटका लागि ९३ रनको साझेदारी गरे । सेख ८७ र सुनार ४९ रनमा आउट भए । सौरभ खनाल र दिपेन्द्र सिंह ऐरीले सातौँ विकेटका लागि विस्फोटक ब्याटिङ गर्दै ४० बलमा ९६ रनको साझेदारी गरे ।
ऐरीले १९ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ४८ रन जोडे । सौरभ खनालले ३५ बलमा ६४ रन बनाए । यसअघि प्रेम तामाङ ५ रनमा आउट भए । सुनिल तामाङ १ र सुरेश राना डकआउट भए ।बुधबार नेपाल मलेसियासँग भिड्ने छ ।

सम्बन्धित शिर्षकहरु