स्याङ्जा अष्ट्रेलिया सोसाइटीको अध्यक्षमा चुनिए दिपक क्षेत्री:

सिड्नी अष्ट्रेलिया ,

नेपालको स्याङ्जा जिल्लाबाट अष्ट्रेलियामा आएर विभिन्न स्थानमा बसोबास गर्दै आएका स्याङ्जाली दाजु भाइ दिदी बहिनीहरुको एक परोपकारी संस्था स्याङ्जा अष्ट्रेलिया सोसाइटीले पहिलो बार्षिक भेला सिड्नीमा सम्पन्न भएको छ । यस अघि परोपकारको निम्ती विभिन्न सांस्कृती कार्यक्रम गर्दै आएको सो तदर्थ समितीले गत आईतबार सम्पन्न भेलामा  औपचारिक रुपमा दिपक क्षेत्रीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ, भने नयाँ कार्यसमितिको उपाध्यक्षमा शितल गिरी, महासचिवमा राम केसी, सचिवमा विशाल श्रेष्ठ, र कोषाध्यक्षमा सिर्जना पाण्डे रहेकी छन् ।

सो भेलाबाट सदस्यहरुमा सुमन रेग्मी, निरु केसी, सिर्जना राना, विशाल राना, नरेश मल्ल, पदम अधिकारी, योगेन्द्र पौडेल, रमेश थापा, आशिषजंग थापा, राजन लम्साल, सन्तोष रेग्मी, नवराज लम्साल, सन्तोषकुमार खाँण, उमेश पौडेल, बालकृष्ण लम्साल, बिष्णु अर्याल, दिपक न्यौपाने र पदम केसी रहेका छन् । यसैगरि सो समितिको खेलकुद संयोजकमा राम न्यौपाने, कार्यक्रम संयोजकमा सुवास रानाभाट, सांस्कृतिक संयोजकमा दिलीप अर्याल छन् । सोसाईटीले फन्डरेज कोअर्डिनेटर, मेम्बरसिप कोअर्डिनेटरसहित थप पाँच जना सदस्यको चयन पछि गर्ने बताइएकोछ ।

साथै सल्लहाकार हरुमा बिष्णु हमाल, महेन्द्रकुमार लम्साल, सिके भुषाल, डा. शम्सेरसिहं थापा, भुपेन केसी, सुमन शाही र श्यामकुमारी तिवारी रहेका छन् ।

अष्ट्रेलियामा परोपकारको निम्ती नेपाली समुदयका विभिन्न संघ संस्थाहरुसंगै हातेमालो गर्दै विभिन्न परोपकारी कार्यमा जुट्न यो संस्था सदैव लागिरहने नवनिर्वाचित अध्यक्ष क्षेत्रीले बताए।

सम्बन्धित शिर्षकहरु