अमेरिकी इन्जिनियरबाट दुई हजार सांस्कृतिक सम्पदा र निजी भवनको जाँच

काठमाडौँ,अमेरिकी इन्जिनियरहरुले सांस्कृतिक सम्पदा र निजी भवन गरी दुई हजार भवनको प्राविधिक परीक्षण गरेको छ ।ग्लोबल फेयरनेस इनिसियटिभ एन्ड ब्रिक क्लिन ग्रुप नेपालले सहरी विकास मन्त्रालयको सहकार्य र अमेरिकी इन्जिनियरको सक्रियतामा दुई हजार भवनको प्राविधिक परीक्षण गरिएको हो । प्राविधिक जाँच गरी प्रतिवेदन मन्त्रालयमा बुझाइएको अभियानकर्मी होमराज आचार्यले बिहीवार यहाँ पत्रकार सम्मेलन गरेर यो जानकारी दिनु भएको हो ।

जाँचमा संलग्न समूहमा डेबिड विग्स, अमेरिकामा कार्यरत नेपाली इन्जिनियर सविना सुराना, जेम्स एम कान्गी, पेटर अपसल, चारिज हेज, केल्ली नलेज र जर्ज स्टेभेन्सनलगायत विज्ञको सहभागिता रहेको कार्यक्रममा जानकारी दिइयो ।

“मन्त्रालयले उपयुक्त समयमा प्रतिवेदन सार्वजनिक गर्नेछ, बाँकी भवनमा जाँचका लागि हामी लागिपरेका छौँ, सांस्कृतिक सम्पदा र निजी भवन गरी दुई हजारमा हामीले जाँच गरी तयार पारेको प्रतिवेदन मन्त्रालयमा बुझाएका छौँ”–उहाँले भन्नुभयो ।
प्राविधिक अध्ययनमा अमेरिकाका १८ जना भूकम्पलगायत प्राकृतिक प्रकोपमा काम गरी अनुभव बटुलेका विशेषज्ञ इन्जिनियरको सहभागिता रहेको थियो । कार्यक्रममा अमेरिकी इन्जिनियर स्कट डग्लसले भूकम्पबाट चिरिएका अधिकांश घर बस्न अयोग्य भएको बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु