विम्ब खोज्न कठिन हुन्छ :कवि निरौला

 

कवि उदय निरौला एक हृदयले कवि हुन उनका थूप्रै कविताहरु जीवन्त छन त्यसमध्येको एउटा जीवन्त कविता ।

 

विम्ब खोज्न कठिन हुन्छ
——————-यो विज्ञानको युग
तलाउ, झिल र पोखीहरूमा
बिम्ब खोज्न कठिन हुन्छ
किनकि बारूदले पानी धमिल्याएको
वा त पक्कै हल्लाएको हुनुपर्छ ।
यो वैज्ञानिक युग
मान्छे खोज्न निकै कठिन हुन्छ
मान्छे खोज्न
अक्करको पहरो छिचोलेर
सुदुर गाउँ पुग्नुपर्छ ।
सुदुर बस्ती छुनुपर्छ
सिंगमर्मरको भुँई र हिलजुत्तामा यो संभव होला र?

यो विज्ञानको युग पनि सार्है मापाको बा!
मान्छे जमिन टेकेर अाकाश टेकेँ भन्छ
टेकेको जमिन विर्षेर
दिनको सयफिट तल झर्छ
तै पनि म उचैछु
अल्गैछु संझन्छ
कमिलाले हात्ती पछारेको कथा जस्तो
श्याल रअमिलो अंगुरको कथा जस्तो ।

यो त विज्ञानको युग
मान्छे भन्दा बढी
कार्टुनको महत्त्व हुन्छ
रोबर्टको क्यानभासमा सजाइएको
चित्रको अाँखाहरूले
पढेको ढोलकको संवाद मीठो हुन्छ
बजाएको बाजा रमाइलो हुन्छ
मान्छे यतिबेला रोबर्टको अाँखाबाट विश्व हेरिरहेछ
र नदेख्नुपर्ने देखिरहेछ
देख्नुपरने छोप्पिरहेछ
उसो त सिंहासनमा बसेको मान्छे
सधै धृतराष्ट्र नै हुन्छ
विज्ञानको युगमा मान्छे कम र बढी धृतराष्ट्र नै फल्छ
यो विज्ञानको युग बढी र ज्ञानको युग कमै भएकाले हनुपर्छ
तलाउ, झिल र पोखरीहरूमा विम्ब खोज्न कठिन हुन्छ
पानि कि त हल्लिएको हुनुपर्छ
कित धमिलिएकै हुनुपर्छ ।
विम्ब भेट्न कठिन हुन्छ
साँच्चिकै मान्छेको विम्ब पाउन त
बढ्तै कठिन हुन्छ।

कवि उदय निरौला
हाल सिड्नी अष्ट्रेलिया

 

सम्बन्धित शिर्षकहरु