पुनर्बीमा कम्पनीको आईपिओ खुल्यो, ७ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मंगलवारदेखि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । सोमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको छ ।

कूल ए१ अर्ब ६० करोड रुपैयाँको आईपिओमा आगामी चैत्र ४ गतेदेखि आवेदन भर्न पाइनेछ भने सम्भवतः चैत्र ७ गते नै बन्द हुनेछ । त्यसैले पुनर्बीमामा कम्पनीको आईपिओ भर्न चाहनेले अब तयारी सुरु गर्नुपर्ने भएको छ । नेपालको इतिहासमा पहिलो पटक आह्वान गरिएको आईपिओमा १५ देखि २० लाख जनाले आवेदन दिने अनुमान गरिएको छ ।

बिक्रीप्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले शुक्रबार सार्वजनिक रुपमा आह्वान पत्र जारी गर्दै १०० रुपैयाँ अंकित एक करोड ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरिएको जनाएको छ ।

सूचना अनुसार चैत्र ४ गतेदेखि खुल्ने आवेदन छिटोमा चैत्र ७ गते नै बन्द हुनेछ अर्थात जम्मा चार दिनमात्रै भर्न पाइनेछ भने ढिलोमा चैत्र १८ गते बन्द हुनेछ । चैत्र ७ गतेभित्र आह्वान गरिएको शेयर बराबरको प्रस्ताव नपरेमा मात्रै ढिलो मितिमा आवेदन दिन सक्ने सम्भावना रहेको आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।

उक्त आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ । यसका अलावा मेरो शेयर सफ्टवेयरमार्फत अनलाईनबाट पनि आवेदन दिन सकिने कम्पनीद्वारा जारी सूचनामा जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु