महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
प्रकृतिको अनुपन सौन्दर्यले भरिएको भूमि नेपालमा विदेशि पर्यटकहरुलाई भित्र्याउन सकिए हाम्रो भूमि विश्वमै परिचित मात्र नभई आर्थिक रुपमै उन्नती तर्फ लम्कन सक्छ भन्ने अभिप्रायले सिड्नीमा नेपाली युथ फोरम अष्ट्रेलिया र जय नेपाल ईन्कर्पोरेटले “प्लान योर नेक्स होलिडे ” “भिजीट नेपाल” ” प्रोमोट नेपाल” र नेपालका विभिन्न पर्यटकिय आकर्षण बोक्ने विभिन्न तस्वीर रहेको स्टिकर थुप्रै निजीकारहरुमा टांसि नेपालमा विदेशि पर्यटन प्रवर्द्धनको निम्ती चालिएको अभियान अन्तर्गत आज सिड्नीमा तिन दर्जन भन्दा बढी स्टिकर टांसिएका कारहरु र अन्य कारहरुको र्याली सम्पन्न भएको छ। आज दिउसो २ बजे शनिबार रकडेल स्थित बाईसेन्टिनियल पार्कबाट शुरु गरिएको र्याली सिड्नी शहर परिक्रमा गरि पुःन बाईसेन्टिनियल पार्क रकडेलमा आएर एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ।
विशेष कार्यक्रमा सम्बोधन गर्दै प्रा. डा. रामप्रसाद उप्रेतीले यो र्यालीको सन्देश विश्व भरि फैलाउन आफुले सहयोग गर्ने बताउनुभयो:
बाईसेन्टिनियल पार्क रकडेलमा सम्पन्न सो विशेष कार्यक्रमा प्रमुख अतीथी समेत रहनुभएका प्रा. डा. रामप्रसाद उप्रेतीले यो र्यालीको सन्देश विश्व भरि फैलाउन आफुले सहयोग गर्ने बताउनुभयो।सो कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रवासमा रहेर पनि यसरि सबै नेपाली एकजुट भई नेपालमा पर्यटन प्रवर्द्धनको निम्ती गरिएको यो कार्य अत्यन्तै प्रशंसनिय रहेको बताउनुभयो।साथै उहाँले आफ्नै देश नेपाल विकासको निम्ती प्रवासमा रहेका युवाहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहां आफ्नै जीवनकालमा वागमति नदिको पानी पीउन लायक बनाउंछौं ‘भनेर बागमतिकै पानीको संकल्प लिएर नदी सफाइको अभियानमा लाग्नुभएका एक अभियान्ता,विश्व शान्ति पर्यावरण तथा मानवीयता बचाउ अभीयनमा हिंड्नु भएका एक कर्मठ समाज सेवि एवं महाराजगंज मेडिकल क्यामपसका पूर्व प्रमुख समेत हुनुहुन्छ।
निस्वार्थ रुपमा गरिएको कार्य नेपाली युथ फोरम अष्ट्रेलिया र जयनेपाल ईन्कर्पोरेट :
नेपाली युथ फोरम अष्ट्रेलियाका अध्यक्ष तथा यो अभियानका अभियान्ता सागर अधिकारीले यो अभियान हामी सबै नेपालीकै रहेको बताउनुभयो।उहांले यो कार्यक्रम कुनै राजनितीक दल,जाती ,भुगोल ,रंग को नभएर हामी सम्पुर्ण देश लाई माया गर्ने नेपालीहरुको रहेको बताउनुभयो। साथै जयनेपाल ईन्कर्पोरेटका संयोजक यो अभियानका अभियानकर्ता बिष्णु सापकोटाले कार्यक्रममा बोल्दै हामीसबैको प्रयासले नेपालमा पर्यटकहरु भित्र्याउन सकिने बताउनुभयो साथै । आफ्नै देश नेपालकै लागि निस्वार्थ रुपमा गरिएको यो कार्यबाट अष्ट्रेलियाका अन्य राज्यहरुमा पनि नेपाली युवाहरु यो अभियानको लागि तयार रहेको बताउनुभयो साथै उहांले अर्को चरणमा सिड्नीका बसहरुमा पनि स्टिकर टांसिनेबताउनुभयो ।

सो कार्यक्रममा बोल्ने वक्ताहरुले यो अभियानलाई विश्वभरि फैलाउनुपर्ने बताउनुभयो:
सो विशेष कार्यक्रममा सम्बोधन गर्दै नाईफाका संरक्षक तथा पूर्व अध्यक्ष भरत देवकोटाले यो अभियान निस्वार्थ रुपमा गरिएकाले विश्वभर फैलने बताउनु भयो।साथै अनआरअनए बाट लक्ष्मण सापकोटाले यो अभियानलाई समर्थन गर्दै आफ्नो पूर्ण सहयोग रहने बताउनुभयो । विशेष कार्यक्रमले फिजीमा जानुभएका फिजीका लागि नेपाली सांस्कृतीक राजदुत तथा विश्व शान्ति परिषद धारा २१ अन्तर्गत गठित गैर सरकारी विश्व संस्था बाट शान्तिदुतमा नियुक्त हुनुभएका आचार्य राजन शर्माले टेलिफोन सम्पर्क बाटै यो अभियानलाई पूर्ण सहयोग र समर्थन रहेको बताउनुभयो।असनेपालन्युज तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युसाउथ वेल्सका महासचिव महेश्वर शर्माले कार्यक्रममा सम्बोधन गर्दै यो अभियानले प्रवासमा रहने नेपालीलाई एकजुट गराउने र आफ्नै देश विकासको लागि पनि एक जुट वनाउन सहयोग गर्ने बताउनुभयो। कारमा स्टिकर टांसेर र यो अभियानलाई सहयोग गर्ने तथा यो अभियानलाई साथ दिदैं आउनुभएका सबै व्यक्तिहरुलाई ” सर्टिफिकेट अफ एप्रिसेसन ” प्रदान गरिएको थियो। सो कार्यक्रममा एनआरएन युथ कोर्डिनेटर विजय पोखरेल,अनआरएनए अष्ट्रेलियाबाट डिला खरेल सामाजिक व्यक्तित्व राजु मान्नधर तथा थुप्रै नेपाली समुदायको सहभागिता रहेको थियो।










