६ बुँदे घोषणापत्र जारी गर्दै तेस्रो अन्तरराष्ट्रिय साहित्य सम्मेलन सम्पन्न, एक महिला बोर्ड अफ ट्रस्टीमा अनुबन्धित

प्रेमिला गौचन,
टोकियो, जापान । अन्तराष्र्ट्रिय साहित्य सम्मेलन जापानको टोकियोमा जनवरी १०-१२ तारिखमा सम्पन्न भएको छ । सो सम्मेलनमा ११ राष्ट्र र १३ च्याप्टरहरुको रोहवरमा ६ बुँदे घोषणा पत्र र १ जना महिला साहित्यकार बोर्ड अफ ट्रस्टी सदस्यमा अनुबन्धित भएको छिन ।

सम्मेलनमा नेपाल, जापान, लस एन्जल्स च्याप्टर, बोस्टन च्याप्टर, फ्लोरिडा च्याप्टर (अमेरिका) , पर्थ च्याप्टर, सिड्नी च्याप्टर (अस्ट्रेलिया), न्यु ह्यापसाएर च्याप्टर, सिक्किम च्याप्टर, मिजौरी च्याप्टर (भारत ), पोर्चुगल च्याप्टर , कोरियाको च्याप्टर, बेलायत च्याप्टर, इजरायल च्याप्टर र कतार च्याप्टर का प्रतिनिधिहरु सहभागी भएका थिए ।

बैदेशिक र जापान च्याप्टरको प्रतिनिधीहरुको वृहत छलफल पश्चात घोषणापत्र जारी भएको छ । यद्दपी भेला सम्मेलनमा घोषणापत्र जारी गर्ने तर कायान्वयनमा चाँही लागु नगर्ने भएकोले सम्मेलनमा जारी गरिएका यस्ता सम्झौताहरुको कुनै तुक नहुने विष्लेषकहरुको भनाइ छ ।

घोषणापत्रमा के छ त ? जस्ताको त्यस्तै

बोर्ड अफ ट्रस्टीले साहित्यकारहरुको संरक्षकको भूमिकामा काम गर्दछ।

केन्द्रिय कार्यालय अमेरिकाको वाशिन्टन डिसीमा अवस्थित यसमा ८० जना सदस्यहरु रहेका छन । ट्रस्टिमा सदस्य बन्नको लागि हजार डलर केन्द्रिय समितिलाई भुक्तानी गर्नु पर्ने हुन्छ । रकम भुक्तानी गरेपश्चात मात्र यसको अधिकारिक सदस्य हुन्छ । जापानबाट मात्रै हाल सम्म ५ जना ट्रष्टीहरु थिए भने यस सम्मेलनमा गृष्मा पौड्याल ओकामोतो आवद्दपछि ६ जना भएका छन ।

यस अघी एनआरएन आईसिसिका पूर्व अध्यक्षद्वय देवमान हिराचन, भवन भट्ट, अनेसासको संस्थापक अध्यक्ष पूर्व केन्द्रिय अध्यक्ष डा.कुमार बस्नेत, पूर्व अध्यक्षद्वय प्रकाश पौडेल ‘माइला’ तथा बिष्णु घिमिरे ट्रष्टिमा आवद्द भएका थिए ।

बिओटिका केन्द्रिय उपाध्यक्ष पदम विश्वकर्माले नयाँ सदस्य पौड्याललाई ट्रष्टिको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो भने राजदूत प्रतिभा राणा र अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले ट्रस्टी पौड्याललाई बधाई तथा सम्मान गरेका थिए ।

ट्रष्टिको काम, कर्त्यव्य र अधिकार प्रती पनि सम्मेलनमा वृहत छलफल भएको थियो । यद्दपी ट्रष्टीले हालसम्म गर्दै आएको काम भने देश देशान्तरमा साहित्य गतिबिधिमा राम्रो दख्खल राख्ने च्याप्टरहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ । उपाध्यक्ष बिस्वकर्मा भन्छन ‘ट्रष्टिमा भएको बैंक मौजदातबाट आएको व्याज बाट नै हामीले बिभिन्न च्याप्टरहरुलाई ५ सय डलर पुरस्कार वितरण गर्दै आएका छौ । ‘ उनले थपे ‘यो १४ , १५ वर्षको अन्तरालमा भाषा साहित्यको खातिर विभिन्न देशहरुको सभा सम्मेलनमा सहभागी हुनको लागि आफ्नै खल्तिको खर्चमै भ्रमण गर्दै आएका छौं ।’

यस पटक पनि जापान स्थित वर्तमान कार्यसमिती भन्दा पहिले दीप पाठकको अध्यक्षताको कार्यकाललाई मुल्याङ्कनको आधारमा ‘ बेस्ट अनेसास च्याप्टर अफ जापान ‘अवार्ड ५ सय अमेरिकन डलर सहितको पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

कार्यक्रमको पूर्वसन्ध्यामा साहित्यकारहरुको सम्मानमा नेपाली राजदुतवास टोकियोले शिनओकुबो स्थित सात राष्ट्रका खाना एकै ठाँउमा उपलब्ध हुने एशियन भिलेज अर्थात याताइ मुरा नामक प्रतिष्ठित रेष्टुरेन्टमा निशुल्क रात्रीकालिन भोजन उपलब्ध गरेको थियो भने कार्यक्रमको उद्घाटन पनि राजदूत प्रतिभा राणाले गरेकी थिईन ।

सम्बन्धित शिर्षकहरु