एजेन्सी । अमेरिकामा अत्याधिक वर्षापछि आएको तुफानमा आठ जनाको मृत्यु भएको छ। तुफानका कारण टेक्सास, अलाबामा र लुधियाना राज्यका २ करोड जनता बढी प्रभावित बनेका छन्।
यी तीन राज्यका सयौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात सेवापनि अवरुद्ध भएको छ। तुफानका कारण सिगागोका दुईवटा विमानस्थलबाट कुनै पनि उडानहरु नहुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन्। मौसमविदहरुका अनुसार भारी वर्षा र तुफान अझ केही दिन रहनेछ। यसैबीच तुफान प्रभवितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ भने सयौंको संख्यामा उद्धाकर्मीहरु परिचालन गरिएका छन्।








