सिड्नी । अर्घाखाँची समाज अष्ट्रेलियाको आयोजनामा सिड्नीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। २७ डिसेम्बर २०१९ शुक्रबार टाउन हल स्थित अष्ट्रेलियन बल्ड डोनर सेन्टरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो ” भन्ने उक्तीलाई आत्मसाथ गर्दै सो समाजको वार्षिक कार्यक्रम अनुसार सो रक्तदान कार्यक्रमको आयोजना गरिएको सो रक्तदान कार्यक्रममा सहभागि हुनुभएका मुक्तिराम पोखरेलले बताउनुभयो।

रगत आवश्यक परेको बेला लिन सहज होस भन्ने हेतु, साथै अरु कसैको जीवन बचाउन सकियोस भन्ने अभिप्रायका साथ सो रक्तदान कार्यक्रमा सो समाजका पदाधिकारी सदस्यहरु साथै विभिन्न सामाजिक व्यक्तिहरु गरि दश जना महानुभावहरुले रक्तदान गर्नभएको थियो ।जसमा क्रमश: मिन भुषाल,पशुपति पोखरेल,मुक्तिराम पोखरेल,ज्योति के.सी.,बाबुराम पोखरेल,मधुशुधन खड्का,नारायण खनाल,हरि पाण्डे,सुदर्शन भुषाल,एंव दिपक पौडेल लगायतका व्यक्तिहरुले रक्तदान गर्नुभएको थियो।
अर्घखाँची समाज अष्ट्रेलियाले आफ्नो स्थापनाकाल देखि असाय,गरीब तथा जेहेन्दार विद्यार्थिहरुलाई छात्रवृत्ति कार्यक्रम, अस्वस्थ्य भइ जीवनमरणको दोसांधमा छटपटाईरहेका हरुका निम्ती रक्तदान कार्यक्रम,नेपाली पर्वहरुमा सांस्कृतिक कार्यक्रम जस्तै देउसी भैलो ,दशैं तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रम,हेल्थ अवेरनेस कार्यक्रम ,साथै क्यान्सर तथा मृगौला पिडित हरुलाई सहयोग जस्ता कार्यक्रमहरु गर्दा आएको मुक्तिराम पोखरेलले असनेपालन्यूजलाई बताउनुभयो ।साथै सो कार्यक्रमका तस्बिरहरु उपलब्ध गराउनुभयो ।








