सिड्नीमा लेखक कपिल लोहनी संगको साक्षत्कार कार्यक्रम सम्पन्न:

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा सिड्नीमा लेखक कपिल लोहनी संगको साक्षत्कार कार्यक्रम आज सम्पन्न भयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष महेश्वर शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लेखक लोहनीले आफ्नो प्रकाशित पुस्तक “विचार र अनुभूती” बाट विभिन्न शीर्षकमा रहेका आफ्ना लेखहरुलाई रोचक प्रसंग सहित दर्शकमाझ सुनाउनुभयो। बाल्यकालका केही रोचक प्रसंग,महाभूकम्पको त्रासद अनुभूति,चाडपर्व र धर्ममा विज्ञान तथा प्रविधिको प्रभाव,मेरो प्रेम कथा,लगायतका शीर्षकमा  लेखिएका लेखहरु दर्शकहरुमाझ प्रस्तुत गर्नुभएको थियो जुन अत्यन्तै रोचक थियो। उहांले देश बाहिर रहेका नेपालीहरुको प्रसंग जोड्दै भन्नुभयो “हामी जुन भूगोलमा रहेपनि हाम्रो माटो भनेको नेपाल हो र हामी नेपाली हौं, देश बाहिर रहने नेपालीहरुले आफ्नो देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भए पनि स्पर्श गरेकै हुन्छन् “भन्नुभयो ।

कार्यक्रममा अडर अफ अष्ट्रेलियाबाट विभूषित तथा एनआरएनए अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वनले लेखक लोहनिलाई शुभकामना दिंदै अझ थूप्रै कृतीहरु देशका निम्ती प्रकाशित होस भन्नुभयो। यसै गरि सो कार्यक्रमका प्रायोजक तथा संयोजकको रुपमा रहनुभएका इनोभेटिभ एसोसियट्का प्रबन्ध निर्देशक तथा एनआरएनए अभियान्ता डिला खरेलले  लोहनिलाई शुभकामना दिंदै यस्ता ईमान्दार व्यक्तिलाई सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।साथै सो कार्यक्रम सम्पन्न गराउन डिला खरेलज्यूको भूमिका महत्वपूर्ण रहेको थियो । 

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स स्टेट कोर्डिनेटर देव गुरुङ्गले सो कार्यक्रममा शुभकामना दिंदै यस्ता पुस्तकहरु आगामि दिनहरुमा अझ धेरै प्रकाशित हुन् भन्नुभयो ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटाले लेखक लोहनीलाई शुभकामना दिंदै खुशी व्यक्त गर्नुभयो साथै अंग्रेजी नयां वर्ष २०२० को शुभकामना दिनुभयो । कार्यक्रमा सभाअध्यक्ष महेश्वर शर्माले उहांको बारेमा छोटो जानकारी सहितको सानो लेख प्रस्तुत गर्नुभएको थियो साथै लोहनिलाई ईन्द्रा वन तथा महेश्वर शर्माले खादा लगाई स्वागत गर्नुभएको थियो। सो कार्यक्रममा लेखक लोहनीको आफ्नो प्रकाशित पुस्तक “विचार र अनुभूती” हस्ताक्षर सहित सबै पाठकहरुलाई प्रदान गरिएको थियो।

कार्यक्रममा एनआरएन टिभी सोबाट राजन घिमीरे लगायत नेपाली समुदायको उत्साहापूर्ण सहभागिता रहेको थियो ।सो कार्यक्रमको संचालन अनेसास न्यू साउथ वेल्सका सचिव प्रविण टन्डनले गर्नुभएको थियो।

विचार र अनुभूतीका लेखक लोहनी ,”द माइल स्टोन”नामक एक अंग्रेजी पत्रिकामा प्रधान सम्पादकको रुपमा रहनुभएको थियो भने नेपाल टेलिभिजनबाट विगत २५ वर्ष देखि प्रसारण भइरहेको कार्यक्रम “अर्थको अर्थ” का संस्थापक व्यक्ति साथै “नेपाल एकल व्यक्तित्व समाज” का अध्यक्ष पनि हुनुहुन्छ।कार्यक्रम ३१ डिसेम्बर २०१९ मंगलबार सम्पन्न भएको थियो ।

सम्बन्धित शिर्षकहरु