महिलाको मस्तिष्क पुरुषको तुलनामा उत्कृष्ट, किन चल्छ धेरै ?

काठमाडौं । पुरूषहरूको तुलनामा महिलाको दिमाग धेरै चल्छ तथा हरेक कुरामा चाँडै चल्ने समेत गरेको हुन्छ । महिलाको मस्तिष्क पुरुषहरूको तुलनामा एकदम तीब्र गतिमा चल्ने विभिन्न अनुसन्धानहरूले साबित गरिसकेका छन् ।

अनुसन्धानका अनुसार महिलाहरूको उमेर भएको पुरुषको मस्तिष्कको तुलना गरेर हेर्दा महिलाको मस्तिष्कको उमेर पुरुषको भन्दा तीन वर्ष कम हुने पाइएको छ । महिलाको मस्तिष्क पुरुषको तुलनामा लामो समयसम्म तीब्र गतिले चल्ने ‘प्रोसेडिङस अफ नेसनल एकेडमी अफ साइन्सेज’ मा उल्लेख गरिएको छ ।

२० देखि ८४ वर्षका १ सय २१ महिला र ८४ पुरुषहरूको सहभागी गराएर वैज्ञानिकहरूले गरेको अध्ययनमा सबैको मस्तिष्कमा ग्लुकोज र अक्सिजनको प्रवाह नाप्नका लागि ‘पीईटी स्क्यान’ गरिएको थियो । ‘पीईटी स्क्यान’ले मस्तिष्कमा हुने मेटाबोलिज्मसम्बन्धी क्रियाकालापले महिला र पुरुषको उमेर बढ्दा मस्तिष्कको अन्तर बुझ्न सघाउने गर्दछ ।

मानिसको मस्तिष्क अक्सिजन र ग्लुकोजले चल्ने भएको कारणले मस्तिष्कले ग्लुकोजको उपयोग कसरी गर्छ भन्ने कुरा मानिसको उमेर बढेसँगै परिवर्तन हुँदै जान्छ ।

उक्त अध्ययनमा संलग्नहरू भएका मानिसहरुको उमेर र मस्तिष्कको क्रियाकालापबीच सम्बन्ध पत्ता लगाउनका लागि मेसिनमा पुरुषको उमेर र मस्तिष्क क्रिया र महिलाको उमेर नहाली मस्तिष्कको मेटाबोलिज्मको तथ्यांकलाई मात्र हालेर मेसिनले महिलाको मस्तिष्कको उमेर पत्ता लगाएको थियो ।

पुरुषको मस्तिष्कको आयु वास्तविक उमेरको तुलनामा २.४ वर्ष बढी भएको र महिलाको वास्तविक उमेरभन्दा उनीहरूको मस्तिष्कको आयु ३.८ वर्ष कम हुने अध्ययनको निष्कर्ष रहेको छ ।

शारीरिक बल, तर्क र परीक्षणजस्ता कुरामा पुरुष अगाडि हुने भए पनि सीप, सिर्जना, मान्छे छिटै चिन्ने, नयाँ ठाउँमा छिटै घुलमेल हुन सक्ने कुरामा महिला अगाडि हुने गर्छ । पुरुषको मस्तिष्कले धेरै प्रकारको काम एकैचोटी गर्ने क्षमता राख्दैन तर, महिलाले एकैपटक ३ देखि ४ प्रकारको काम गर्न सक्छन् ।

महिला र पुरुषको मस्तिष्क

मानिसको दिमाग लिङ्गको आधारमा एक अर्कासंग फरक हुदैनन् तर पनि समाज यसको सधै महसुस गराईरहन्छ । जन्म देखि लिएर वृद्ध अवास्था सम्म मानिसको व्यवहार, चाल-ढाल र सोच-समझ को तरीकाको आधार मान्ने हो भने महिला र पुरुषको दिमागमा केहि फरक पाइन्न ।

२०१९ सम्म आइपुग्दा पनि मानिसहरु यस्तो हावा कुरामा अझै विस्वास गेरको देख्दा रिप्पन चिन्तित छिन् । रंग-रूपमा परिवर्तन भएपनि लैंगिक भेदभाव आज पनि हाम्रो समाजमा जारि छ ।

करीब दुई सय वर्ष देखि वैज्ञानिकहरु महिला र पुरुषको मस्तिष्कबीच केहि भिन्नता छ कि छैन भनेर अनुसन्धान गरिरहेका थिए तर यसको केहि रिजल्ट पाइएको थिएन । अहिले विज्ञान र प्राविधिको सहयाताले उक्त पुराने सोच पुरै गलत रहेको सावित भएको छ तर पनी समाजमा भएको फरक हटाउन सकिएको छैन ।

एउटा सोच यस्तो पनि छ कि महिलाको मस्तिष्क पुरूषको भन्दा औसतन सानो हुन्छ। वर्षौ देखि केटिहरुको मस्तिष्कको आकार पुरुषको तुलनामा करिब दश गुना सानो हन्छ र महिलाको सोच्ने शक्ति कम्जोर हुन्छ भन्ने भ्रम रही आएको छ ।

अनुसन्धना कर्ता रिप्पन भन्छिन्, “वुद्दी र विवेकको सम्बन्ध मस्तिष्कको आकारबाट निर्णय हुने भए हात्ती र स्पर्म व्हेलको दिमागको आकार मान्छेको भन्दा धेरै ठुलो हुन्छ तर पनि तिनीहरु संग मानिसको जस्तो विवेक किन छैन। भनिन्छ प्रख्यात वैज्ञानिक आईन्स्टाइनको मस्तिष्क औसत पुरुषको तुलनामा सानो थियो यद्धपि उनको सोच र विवेक सानो थिएन ।”

ब्रेनको आकार र वुद्धिको सम्बन्ध

ब्रेनको आकारको वुद्धि संग केहि सम्बन्ध नरहेको वैज्ञानिक बताउछन्। सामाजिक परम्परा र वर्षौ देखि चली आएको सोचका कारण मस्तिस्कको आकारले वुद्धिको निर्माण गर्छ भन्ने धारणा बलियो छ।

नक्सा पढ्ने काम पुरै दिमागको क्षमतामा भर पर्ने काम हो तर पनि यो काम सधै पुरुषलाई मात्र सुम्पिएको हुन्छ किनभने उक्त काम केवल पुरुषले मात्र गर्न सक्छन् भन्ने मान्यता रही आएको छ ।

रिप्पनको अनुसार मस्तिष्कको साइजलाई सधै ठुलो विषयको रुपमा प्रतुत गरिएको छ। मानिसको मस्तिष्क दुई गोलार्धमा हन्छ र यी दुबै भागको बिचमा कार्पस कोलोसम हुन्छ जुन दिमागको दुबै भागको बीच पुलको काम गर्छ । यसलाई इन्फर्मेशन ब्रिज वा सूचनाको पुल पनि भनिन्छ ।

यो ब्रिज पुरुषको भन्दा महिलाको धेरै ठुलो हुन्छ। वैज्ञानिक अनुशन्धानले महिलालाई अर्थहीन बताउने र महिलाको सोच्ने तथा बुझ्ने क्षमता कम हुन्छ भन्ने मानिसलाई एना देखाइदिएको छ ।

महिलाको सोच्ने शक्ति जहिले पनि भावना बढी हुन्छ भन्ने तथ्य लाई पनि यसले गलत बतएको छ ।

रिप्पनले आफ्नो किताबमा लेखेकी छिन्, “आम धारणाको अनुसार पुरुष गणित र विज्ञानमा जान्ने हुन्छन् । यी दुई मुश्किल विषयहरु पुरुषको दिमागले राम्रो संग बुझ्न सक्छ त्यसैले नोबेल पुरस्कार र अन्य ठुलो पुरस्कार जित्ने अधिकार केवल पुरुषको मात्र छ ।

यो कुरा पुरै गलत छ, लामो समयको अनुशन्धान पछि यो साबित भएको छ कि मस्तिस्क एकै तरिकाले काम गर्छ र पुरुष वा महिलाको दिमागको बनावाटमा केहि फरक हुदैन ।”

मानिसलाई सोच र विवेक दिन हार्मोनको मुख्य भूमिका हुन्छ । महिलालाई हरेक महिना हुने मासिक धर्मको बायोलोजिकल साइकलको सामना गर्नु पर्छ । त्यस समयमा महिलाको शरीरमा थुप्रै हार्मोनल साइकल हुन्छ र यही कारण पनि उनीहरुलाई महत्वपूर्ण काम बाट बन्चित गरिएको छ । अमेरिकाको स्पेस प्रोग्राममा समेत महिलालाई यही आधार मानेर संलग्न गरिएको छैन ।

प्री मेन्स्ट्रुअल सिन्ड्रोमको धारणा सन् १९३० देखि अगाडी ल्याइएको हो । आज पनि धेरै महिला यो मन्छन् कि महिनावारी सुरु हुनुपुर्व महिलाको शरीरमा हुने परिवर्तनले उनीहरुको सोच्ने र सम्झिने क्षमतामा असर पर्न जान्छ ।

रिप्पनले गरेको अरु अनुसन्धानको आधारमा भन्छिन्, “ महिनावारी हुनु पुर्व महिलामा बढी मात्रामा एस्ट्रोजन नामको हार्मोन सक्रिय हुन्छ र महिलाको सोच्ने- सम्झिने शक्ति बढी सकारात्मक बढी हुन्छ ।”

किन महिला र पुरुषको दिमाग उस्तै काम गर्छ ?

रिप्पनको अनुसार समाजको थुप्रै धारणाहरुको जरा निकै बलियो छ, कतिपय निर्णय त तिनैको आधारमा लिने चलन रहेको छ । अनुसन्धान पनि यही समाजको भाग हो र सामाजिक विचार त्यसलाई पनि प्रभावित गर्छ । यही कारण महिला पनि आफ्नो सोच त्यहि धरणाको अनुसार बनाउछन् ।

मानिसको मस्तिस्क एकै तरिकाबाट काम गर्छ र पछि गएर सोहि हिसाबले काम गर्छ जसरि त्यसलाई ट्रेनिङ्ग दिइएको हुन्छ ।

हजारै वर्षदेखि चलिरहेको समाजमा जहिले पनि पुरुष र महिलाको बिचमा विभेद हुँदै आएको छ । बच्चाको खेलौना पनि लिंगको आधारमा दिने गरिन्छ, यदि कोहि केटा, केटिको खेलौंना जस्तै गुडिया संग खेल्यो भने परिवारका अरु सदस्य चिन्तित हुन थाल्छन्,”कतै मेरो छोरा वा छोरी गलत दिशामा लगिरहेको छैन ।”

धेरै मानिसहरु समय संगै परिवर्तन हुदै गएका छन्, बच्चाले खेल्ने खेलैनामा लैङ्गिक विभेद गर्दैनन्। रिप्पन भन्छिन्, “बच्चाहरुलाई मस्तिष्कको विकास वृद्धि हुने खेलैना दिनुपर्छ र सुरुवात देखि नै केटा-केटिको बीच भेदभावको चक्रव्यूहमा फसाउन हुदैन । बच्चालाई ट्रेनिङ्ग बिना कुनै भेदभाव गर्नु हुँदैन।”

वेलायतमा यसको लागि “लेट ट्यज बी ट्यज” अर्थात् खेलौनालाई खेलौना रहन दिउ भन्ने इभेन्ट चलाइएको छ र अस्ट्रेलियामा “प्ले अनलिमिटेड” नामको अभियान चलाएर बच्चामा केटा-केटिको विभेदको अन्त्य गर्न प्रेरित गरिएको छ ।

मानिसको मस्तिष्क एउटै तरिकाले काम गर्छ तर त्यसको काम गर्ने तरिका हरेक मानिसमा फरक हुन्छ। मस्तिष्कको क्षामता महिला वा पुरुषमा भर नपर्ने तर समाज र मानिसलाई दिईएको ट्रेनिङ्गले सिकाउने वैज्ञानिक बताउँछन् ।

सम्बन्धित शिर्षकहरु