७ हजार जडीबुटी ज्ञान सागर एकैसाथ महारसनिघण्टु – योगी धर्ममहारस

२५ मङ्सिर २०७६

राजन लोहनी

नेपाल देवभूमि, ज्ञानभूमि, वेदभूमि, ध्यानभूमिको देश, जलस्रोतको धनी देश, कृषि प्रधान देश, मन्दिरै मन्दिरको देश, हिमालै हिमालको देश, विविधतामा एकताको देश, चाडपर्व, मौलिकता, संस्कार, संकृतिको देश, गोर्खाको देश, इमान्दारिता भएका देशका नागरिक आदि भिन्न-भिन्न नामले संसारमा परिचित छ |रामायणको एउटा प्रसंग सम्झन लायक छ रामका सबै सेना बेहोस भए पछी हनुमानले संजीवनी बुटीबाट सबैलाई जीवित बनाएको हो त्यो बेलामा उक्त बुटी हालको नेपालबाट नै लागिएको थियो | अब हामीले संसारलाई जडीबुटीको देश भनेर चिनाउनु पर्दछ | आज हामी चर्चा गर्दै छौँ योगी धर्ममहारस द्वारा लिखित पुस्तक आयुर्वेदिक ज्ञान संग्रह महारसनिघण्टु (Ayurvedic Herbal Health Encyclopedia) बारेमा| यो पुस्तक विद्यार्थी पुस्तक भण्डारले प्रकाशन तथा वितरण गरेको हो | विद्यार्थी पुस्तक भण्डारलाई साधुवाद | लेखक महारसले आफ्नो पुरै जीवन नेपालको जडीबुटी खोज अनुसन्धानमा बिताउनु भएको छ | पुस्तक भाग १, २ र ३ गरेर एकैसाथ प्रकाशन गरिएको छ |

महारसनिघण्टु पुस्तक भाग – १

महारसनिघण्टु नै किन ?

१. सामान्य रोगको रोकथामका लागि साधारण व्यक्तिहरूलाई समयमै सरल र स्पष्ट रूपमा आवश्यक सूचना तथा जानकारी दिई चिकित्सा सर्वसुलभ-अति सस्तोमा आफ्नै घरमा बसेर पनि अस्पताल-चिकित्सकले भन्दा प्रभावकारी उपचारलाई छिटोछरितो बनाउन |

२. आधारभूत स्वास्थ्यसेवामा हुने ढिलासुस्तीले बिरामीको ज्यानसमेत जाने खतरा भएकाले सबै व्यक्तिलाई स्वःस्फूर्त उत्साहित भएर आफै प्राथमिक उपचारक बन्न र अनुसन्धाताका लागि विशिष्ट चिकित्सा अनुसन्धान गर्न |

३. खेर जाँदै गरेको वनस्पतिलाई कुहिन वा नष्ट हुनबाट जोगाएर सङ्कलन-भण्डारण तथा औषधिनिर्माण गर्दै स्वास्थ्योपचारमा सदुपयोग गर्नुका साथै संसारका समस्त चिकित्सापद्धतिलाई प्राचीनतम् अध्ययन-अनुसन्धानद्वारा प्राप्त ज्ञानका आधारमा मार्गदर्शन गरी संसारमै आयुर्वेदीय स्वास्थ्यसेवालाई गतिशील बनाउन | यसग्रन्थभित्र सबैले बुझ्ने भाषामा एकलद्रव्य वानस्पतिक र औषधीयतत्त्वहरूको आवश्यक व्याख्यासहित सचित्र प्रस्तुति भएकाले सर्वसाधारणलाई सिकेर-जानेर सजिलै उपचार गर्न सक्ने बनाउन|

४. स्व-स्वास्थ्यको हेरचाह गर्नुपर्ने प्रत्येक व्यक्तिको प्रथम उत्तरदायित्व वहन गरी स्वक्षमता अभिवृद्धिहेतु ज्ञान-विज्ञानलाई आदान-प्रदान गर्दै परम्परागत कैयौं पद्धतिहरूलाई आजको अत्याधुनिक चिकित्सासँग जोडेर विश्वका सबै मानिसलाई संयुक्त उपचार गर्न/गराउन |

५. आयुर्वेदीय-जडीबुटीद्रव्यलाई औषधिका अतिरिक्त पोषणका रूपमा प्रयोग गर्दै कुपोषणबाट मुक्त भई यथाशीघ्र स्वास्थ्यलाभहेतु शरीरमा भरणपोषण सेवा पुर्याउन |

६. बल बढाउन, सदा निरोगी रहन र बुढ्यौली आउन नदिन व्यावहारिक तथा प्रयोगात्मक आयुर्वेदीय विद्यामा अग्रसर हुँदै विशेष स्वास्थ्य सेवा प्राप्त गर्न … षड् रसलाई उपयुक्त व्यवस्थापन गरी सन्तुलनमा ल्याउन खानेपिउने पथ्य-अपथ्य साथै दिनचर्या मिलाउन सदा स्वस्थ-निरोगी तथा खुशी-सुखी रहन र संसारभरिका उपचारसम्बन्धी ज्ञान-विज्ञान लुकाउनु- छिपाउनुको सट्टा सबै चिकित्साविधिहरू मनुष्यहितमा सार्वजनिक गरी स्वस्थ समाज र राष्ट्र निर्माण गर्न यो पुस्तक तयार पारिएको हो |

महारसनिघण्टु पुस्तक भाग – २

यस ग्रन्थभित्र – नेपालमा भएका लगभग ७००० सर्वोपयोगी महत्त्वपूर्ण जडीबुटीहरूको चिनारी, गुण-धर्म-कर्म, औषधीय उपयोग, मात्रा, सावधानी, औषधीय वा पौष्टिक खाद्य-चिकित्सात्मक व्याख्या, खेती तथा सङ्कलन-भण्डारण गर्ने विधि, चित्रका साथै करिब ८०० थप प्राकृतिक सम्पदा धातु-उपधातु, माटो, ढुङ्गा, रत्न र जीवांश इत्यादिको नामावली र उपचारात्मक महत्त्व समावेश गरिएका छन्। – यौगिक चिकित्साअन्तर्गत प्राणायाम, ध्यान, दुर्लभ साधना र योगका सयाँ विधिवत् वर्णनलगायत रोगीलाई शान्त पार्ने प्रार्थनाहरूसहित शारीरिक, मानसिक एवं धार्मिक-आध्यामिक समस्याले ग्रसित सर्वव्यापक हजारौं रोगहरूलाई स्वयं उपचार गर्न सक्ने विभिन्न क्रियाविधिहरू उल्लेख गरिएका छन्। – प्राकृतिक सम्पदालाई परिचालन गरी सनातन-परम्परागत-वैज्ञानिक गतिशील चिकित्साले परिपूर्ण राष्ट्रको आर्थिक स्तर उकास्ने संवृद्ध नेपाल निर्माणहेतु जीवनोपयोगी सूत्रहरूका साथै प्रत्येक व्यक्ति तपस्वी, समाजसेवी, कर्मयोगी, आध्यात्मिक, धनी तथा ज्ञानी बन्न मार्गनिर्देशनका हजारौं विधिहरू समेटिएका छन्। ऋषिमुनि-गुरुकुलदेखि नै प्रचलित जीवनोपयोगी विद्या रोगोपचारका लागि व्यावहारिक शिक्षा आयुर्वेदिक-जडीबुटीद्रव्यहरूको ज्ञानविज्ञानलाई संरक्षण-संवर्द्धन गरी प्रत्येक नागरिकलाई घरको चिकित्सक-डाक्टर/उपकारी वैद्य/अग्रज स्वयंसेवक/आयुर्वेदीय गतिशील उपचारक बन्न प्रेरणाप्रद विचारहरू प्रस्तुत गरिएका छन्। – सदा निरोग रहन, सप्तधातुवृद्धि गर्न, शक्तिहास कहिल्यै हुन नदिन, सधैं जवान देखिन अति उपयोगी जीवनीयतत्त्वरक्षक-प्राणशक्तिवर्धक पुष्टिकर अमृतमय आगम-निगम पद्धतिका आयुर्वेदीय जडीबुटीहरूको विशद वर्णन गरिएको छ। सङ्कटकाल आउँदा, अनिकालको हाहाकार पर्दा, महादुःखले सताउँदा, महारोगमा आत्तिँदा एवं महामारीको __ सङ्क्रमणमा पुग्दा साथ दिने समस्त आयुर्वेदीय जडीबुटीद्रव्यहरूको यथार्थज्ञान यसभित्र छन्। – जैविकविविधताको विनाशबाट देखापरेका वातावरणीय परिवर्तन, हरितगृहप्रभाव, ओजोनतहको हासजस्ता विविध समस्याहरूको सामना गर्दै स्वस्थ, हरियालीपूर्ण नेपाल बनाउने व्यावहारिक उपायहरू समेटिएका छन्। – स्वावलम्बी-आत्मनिर्भरमुखी आरोग्यधामको अभियानमा लाग्नेहरूका लागि स्वस्थ जीवनसम्बद्ध गोप्य र रहस्यमय तथ्यहरू रहेका छन्। 

महारसनिघण्टु पुस्तक भाग – ३

संवद्ध-धनी-दिव्य नेपाल बनाउन गर्नुपर्ने प्रयत्नहरू :- सर्वत्र औषधीय नर्सरी र वनस्पति उद्यान स्थापना, जडीबुटी-कृषि-वन पर्यटन प्रवर्धन, हरेक घरमा आयुर्वेदिक-जडीबुटीसम्बन्धित स-साना घरेलु उद्योग सञ्चालन, पारदर्शी स्थानीय तथा राष्ट्रियबजारको व्यवस्थापन, उपलब्धिमूलक जडीबुटी खेतीविकासहेतु दिगो राष्ट्रव्यापी अभियान, विश्वबजारको प्रत्याभूति दिलाउने इत्यादि महत्त्वपूर्ण काममा सबै नेपाली तत्काल लाग्नुपर्ने। हरेक पालिकामा जैविकविविधता तथा पारिस्थितिक प्रणालीअनुरूप स्थानीयस्तरमा प्राप्त हुने जडीबुटीको अध्ययन-अनुसन्धान गरी नमुना हरियालीउद्यान र सुक्खा जडीबुटी सङ्ग्रहालय बनाउनुपर्ने । अति महत्त्वपूर्ण, दुर्लभ र लोपोन्मुख जडीबुटीलाई विशेष वर्गीकरण गरी तिनीहरूको सर्वव्यापक महत्त्वबारे ल्याब-परीक्षणशालामा जाँचेर सम्पूर्ण नेपालीलाई अवगत गराउनुपर्ने । वनविनाश गर्ने र काम नलाग्ने निम्नतम् मूल्यका प्रयोगहीन वनस्पतिलाई नियन्त्रण गरी महँगो बास्नादार जडीबुटी लगाएर अत्तर व्यापारबाट प्रशस्त आय आर्जन गर्नुपर्ने । परम्परादेखि चलिआएको नाममात्रको कृषि तथा जडीबुटी खेतीलाई वैज्ञानिकीकरण गरी अत्यधिक आर्थिक उन्नतिका लागि जडीबुटी उत्पादन बढाउँदै प्रयोगात्मक विद्याद्वारा युवावर्गलाई उद्यमशील बनाएर व्यवसायतर्फ आकर्षित गराउनुपर्ने । प्राकृतिक-जैविक मलखाद बनाएर माटोसुधारी विशेष आयआर्जन वृद्धिहेतु विषादीरहित अर्गानिक जडीबुटी उत्पादन गर्न सरकारले पूर्ण रोजगारीका स्थायी कार्यक्रम ल्याउनुपर्ने र बेरोजगारीलाई अति महत्त्वपूर्ण पौष्टिक वा औषधिजन्य विशेष व्यावसायिकखेतीमा संलग्न गराउन राष्ट्रले नै लगानी गर्नुपर्ने ।

लेखक धर्ममहारस बारेमा संक्षिप्त परिचय
लेखक धर्ममहारस

यसरी नेपाली माटोमा पाइने जडीबुटी त्यसको प्रयोग बाट हुने फाइदा र नेपाल समृद्ध बनाउन पुस्तक सहायक हुने देखिन्छ | पुस्तकको मुल्य रु :- ९ हजार रहेको छ | अहिले विशेष ३०% छुटमा रु :- ६६०० मा किन्न सकिने छ |

सम्बन्धित शिर्षकहरु