कवि,गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सिड्नीमा भब्यरुपमा सम्पन्न:

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा सिड्नीमा कवि,गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ।दिनेश अधिकारीको परिचयको बारेमा बनाईएको एक भिडीयो प्रस्तुत गरिसके पश्चात अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष महेश्वर शर्माले अधिकारीलाई अभिनन्दन गरे ।साथमा अनेसास केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटा,अनेसास केन्द्रकी सदस्य सानुघिमीरे तथा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथवेल्स स्टेट कोर्डिनेटर देवगुरुङ्गले खादा लगाईदिएका थिए।कार्यक्रममा सभाअध्यक्ष महेश्वर शर्माले तिन वटा पुस्ताले अधिकारीको कविता र गीत सुन्न पाउनु अष्ट्रेलियामा रहेका नेपालीहरुको निम्ती एउटा एेतिहासिक क्षणभएको बताउनुभयो। साथै अधिकारीलाई कविता वाचनको निम्ती मञ्चमा स्वागत गर्नुभयो।मेरा कविता मेरा मनका स्वतन्त्र पखेटाहरु हुन भन्दै अधिकारीले कविता र गीत वाचनको प्रारम्भ गर्नुभयो। उहाँको लेखनमा पृथकता र जीवनको अनुभूति पाउन सकिन्छ। उहांले कार्यक्रमको प्रारम्भ गर्दै भन्नुभयो “जसरी हरेकको घरमा दाल भात तरकारी पाक्छ तर आमाले पकाएको त्यहि दाल भातको स्वाद अर्कै हुन्छ, बा ले पकाउंदा अर्कै हुन्छ,दिदीले पकाउंदा अर्कै हुन्छ, दाइले पकाउंदा अर्कै हुन्छ, भने त्यहि स्वादको भिन्नता चाहिं म मेरो लेखनमा खोजि राखेको छु ” गीत भनेको कविताकै एउटा रुप हो भन्नुभयो।गाउँबाट ल्याएकोछु एउटा खबर भन्दै निलो बह शीर्षकको कविता बाट वाचन शुरुभयो। साथै उहांले लेख्नुभएको गीत,स्वरुपराज आचार्यको स्वर आलोकश्रीको संगीतमा रहेको गीत
पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ
आँधी आए तराईमा, पहाडले छेक्नुपर्छ
हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र
माटोलाई चोट लाग्दा मुटुहरू रुनुपर्छ

सुनाउनुभयो । साथै उहांले ५८ सालमा लेख्नुभएको गीतको प्रसंग जोड्दै संविधानविद् भिमार्जुन आचार्यले गाउनुभएको गीत वाचनगर्दै भन्नुभयो”हिमालका कुरा गर्यौँ गुरांशका कुरा गर्यौं
देश भक्ति देखाउन सहिदका कुरा गर्यौँ

बेला भयोआउ अब ईमानका कुरा गरौँ
बिरामी छ देश अहिले निदानका कुरा गरौँ”

उहाँले जीवन र जनजीवन संग सम्बन्धित कविता वाचन गर्दा सिपाही शीर्षकको कवितामा राष्ट्रभाव बेजोड रुपमा प्रस्तुत भएको थियो। ……तिमी सिपाहिकी स्वास्नि पो हौ वाचन गर्दा सबै भावुक बने।

खुशी“शीर्षकको कविता वाचन गर्दा
बल्ल तल्ल ९ महिना पछि बाकसमा बन्द भएर अरब बाट उसको लास आईपुगेको छ ….यो मार्मिक कविताले प्रवासमा रहने प्रवासी मनहरुको आवाज बोलेकै अनुभुत भएको कार्यक्रममा सहभागीहरुले बताए ।”शाषक र तर्क शीर्षकको “व्याङ्ग्यात्मक कविता पनि वाचन गर्दै भन्नुभयो साँच्चै भन्छु तिमी नहुंदा उज्यालो संग पनि डर लाग्दो रहेछ यो कविताको बिम्बले स्रोताहरुको हृदय छोयो।अनुभुती शीर्षकमा रहेको उहांको एल्बममा रहेको गीत रक्सि बेचेँ आलु बेचेँ बेचें चिउरा मासु पनि सुनाउनुभयो ।भक्तराज आचार्यले गाउनुभएको गीतको प्रशंग जोड्दै सोहि गीत सुनाउनुभयो ।कविता मनस्थितीले लेखिन्छ भन्दै कविताको शीर्षक “एक्लै हिँड्दाको आनन्द ” वाचन गर्नुभयो र भन्नुभयो एक्लै हिंड्दाको आनन्द तिमी संग हिंड्दा हुंदोरहेनछ …….प्रेमिल कविता सुनाउंदा स्रोता दर्शकहरु खुब आनन्दित भएको देख्नसकिन्थ्यो ।

विहे शीर्षकमा रहेको व्याङ्ग्त्मक कविता छाताको दुवै भाग सुनाउंदा दर्शकहरुको गड्गडाहाक तालि र हांसोले हल गुन्जायमान भयो उहांको रेकड भएको जीवनको दोस्रो गीत राम थापाको संगीत र रविन शर्माको स्वरमा रहेको तिमी यसै लजायौ……वाचन गर्नुभयो ।
भने तिमी जुन रहरले ममा फूल्न आयौ भन्ने गीत पनि सुनाउनुभयो ।

यो सम्झिने मन छ, म बिर्सूं कसोरी?
तिमी नै भनिदेऊ !ए ,जाने निठुरी
४४ सालमा रेकड भएको स्वर सम्राट नारायण गोपालले गाउनुभएको यो कालजयी गीतको प्रसंग कोट्टाउंदै सो गीत वाचन गर्नुभयो।”आफ्नै विरुद्धमा” शीर्षकको कविता वाचनगर्दा जीवन मानवबिचको एक अन्तर कहिं कतै घोलित भएको पाउन सकिन्थ्यौ।”चेतनाको पिढा” शीर्षकको कविता सुनाउनुभयो । तारा देवीको स्वर र नाती काजीको संगीतमा रहेको उहांले लेख्नुभएको गीत सोंचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्नजीवन ….. सुनाउनुभयो । म चाहन्थे यो कविता लेखेपछि सुनाउन नपरोस तर आज सुनाउन चाहन्छु भन्दै कविताको शीर्षक “बादलको तस्बिर” सुनाउनुभयो । साथै दर्शकहरुको अनुरोधमा “हर्क बहादुर” शीर्षकको कविता वाचन गर्नुभयो।

अधिकारीको कविता र गीत वाचन पश्चात उहाँले नै लेख्नुभएको गित स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको “यो सम्झिने मन छ, म बिर्सूं कसोरी? तिमी नै भनिदेऊ !ए ,जाने निठुरी ” गीत गायक विकाश उप्रेतीले गाउनुभएको थियो ।

यसैगरि पञ्च कन्याहरुले अधिकारीलाई सम्मानस्वरुप खादा लगाईदिएका थिए ।एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथवेल्स स्टेट कोर्डिनेटर देव गुरुङ्गले सम्बोधन गर्दै अधिकारीलाई शुभकामना दिनुभयो साथै आयोजकलाई धन्यबाद दिनुभएको थियो। सो कार्यक्रमका सभा अध्यक्ष महेश्वर शर्माले सम्पूर्ण उपस्थित महानुभावहरु प्रति आभार प्रकट गर्दै धन्यबाद दिनुभएको थियो। कार्यक्रमको संचालन संस्थाका सचिव प्रविण टन्डनले गर्नुभएको थियो। कार्यक्रम एभ्रेष्ट तन्दुरी फङ्सन सेन्टर रकडेलमा १५ डिसेम्बर २०१९ आईतबार दिउंसो सम्पन्न भएको थियो।  दिनेश अधिकारीले “अतिरिक्त अभिलेख” कविता संग्रहका लागि २०५६ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल हुनुभएको थियो ।भने थूप्रै पुरस्कारहरु बाट सम्मानित हुनुभएको छ। अधिकारी तीक्ष्ण संवेदना र प्राञ्जल शैलीका धनी कवि अधिकारीका कवितामा एकातिर समकालीन सन्दर्भप्रतिको यिनको संवेदनशीलता प्रखर ढंगले उजागरित भएको पाइन्छ भने अर्कोतिर मानवजीवनका शाश्वत र नैसर्गिक भावहरु पनि उत्तिकै टड्कारोसित अनुगुञ्जित भएको सुन्न सकिन्छ ।

 

सम्बन्धित शिर्षकहरु