कक्षा ११ को नतिजा प्रकाशित,३.६१ देखि ४ जीपीए हासिल गर्ने २३१९ जना,यसरी हेर्नुहोस् नजिता

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले २०७६ साल वैशाख÷जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अङ्काङ्कन) परीक्षार्थीहरुको परीक्षाफल प्रकाशन गरेको हो । गत जेठमा सम्पन्न परीक्षामा देशभरबाट ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी भएकोमा नियमित तर्फ ३ लाख ४९ हजार ६ सय ३ र आशिंक तर्फ १ लाख ४२ हजार ३सय ४५ सहभागी थिए ।

बोर्डले अक्षरांकन प्रणाली अनुसार नतिजा प्रकाशन गर्दै आएको छ । यसपटक नियमित तर्फ परीक्षामा २ हजार ३ सय १९ ले जिपिए ३.६१ देखि ४, १३ हजार ७सय७२ ले ३.२१ देखि ३.६० जिपिए, ३२ हजार २सय५३ ले २.८१ देखि ३.२० जिपिए प्राप्त गरेका छन् ।

यस्तै, ५४ हजार ८सय१६ ले २.४१ देखि २.८० जिपिए, ८४हजार २सय३९ ले २.०१ देखि २.४० र ८९हजार ६सय५० ले १.६१ देखि २.२० जिपिए ल्याएका छन् । यस्तै, ४३ हजार ३७ ले १.२१ देखि १.६० जिपिए, ८ हजार १सय७१ ले ०.८१ देखि १.२०, २१ हजार ३सय४६ ले ० देखि ०.८० जिपिए ल्याएका छन् ।

सम्बन्धित शिर्षकहरु