
काठमाडौं । वर्षाका कारण ढिलाई भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपालको तेश्रो खेल सुरु भएको छ । आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । नेपालले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको छ।
२ बजेबाट खेल सुरू हुने भनिएपनि वर्षाका कारण मैदान भिजेपछि नेपाली समयअनुसार खेल ४ः१५ बजे खेल सुरु भएको हो । ढिला सुरु भएका कारण खेल ३४ ओभर इनिंगको हुनेछ।
लाइभ हेर्न तल क्लीक गर्नुहोस् :





