काठमाडौं । केही दिन देखि लगातार भएको वर्षाका कारण बाढी, पहिरो तथा डुबानमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ। प्रहरीले आइतबार साँझ सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार देशभरी ६० जनाको मृत्यु भएको छ।
यस्तै, बाढीपहिरोबाट ३१ जना वेपत्ता भएका, २८ जना घाइते भएका जनाइएको छ। आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकको निर्णयमा उल्लेख भएअनुसार बाढी पहिरोमा परी १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएका छन्। सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ।











