काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ। यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ । त्यसका लागि साउन १० भित्र फाराम भर्न भनिएको छ। परीक्षाा भदौ १ गते सुरु हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।









