काेरियन भाषा परीक्षा पास भएकालाई दु:खद् खबर, आधा मात्रै कोरिया जान पाउने

काठमाडाैँ। दक्षिण कोरिया जान भाषा परीक्षामा पास हुनेमध्ये आधामात्र जान पाउने भएका छन् । यो वर्ष दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा ४ हजार ७ सय र कृषि मूलक क्षेत्रमा २ हजार कामदार लैजाने भएको हो । यो वर्षको ईपीएस परीक्षामा १२ हजार ९ जना पास भएका छन् । यीमध्ये दक्षिण कोरियाले ६ हजार ७ सय मात्र कामदार लैजाने इपिएस साखा सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिएका छन् ।

भदौ ४ देखि १८ गतेसम्म सीप परीक्षण दक्षिण कोरिया जान पाउने–नपाउने निश्चित गर्ने भण्डारीले जानकारी दिए । सीप परीक्षणको लागि असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नु पर्ने इपिएस शाखाले जनाएको छ।

सम्बन्धित शिर्षकहरु