इम्बोस्ड नम्बर प्रयोग नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले बिहीबार तत्काल इम्बोस्ड नम्बर प्लेट प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ। प्रधान न्यायाधीश गोपाल पराजुलीको एकल इजालसले बिहीबार यस्तो आदेश गरेको हो। गत भदौमा यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरू गरेपनि यो प्रणाली सुरुदेखि नै विवादित बनेको थियो ।

सवारी ट्रयाकिङ गर्न सक्ने भनिएको यो नम्बर प्लेटमा अंग्रेजी भाषाको ठाउँमा नेपाली भाषा प्रयोग हुनुपर्ने भन्दै विवाद चर्किएको थियो। राज्य संघीय संरचनामा गइसके पनि सुरुमा इम्बोस्ड नम्बर प्लेटमा अञ्चलको संकेत राखिएको थियो।

यसै विवादका बीच भरत बस्नेतले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले बिहीबार यस्तो फैसला गरेकाे हो।

सम्बन्धित शिर्षकहरु