
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आइरहेका आप्रवासीबारे अति नै तल्लो स्तरको टिप्पणी गरेका छन् । उनले यो टिप्पणीको चौतर्फी विरोध पनि भएको छ । आप्रवासी रोक्न बहस चलिरहेको बेला उनले आप्रवासीको तुलना जनावरसँग गरेका हुन्। सिमामा पर्खाल लगाउने तथा कडा कानुन ल्याएर आप्रबासी समस्या समाधान गर्न पछिल्लो समय अमेरिका लागि परेको छ ।
ट्रम्पले क्यालिफोर्नियाबाट ह्वाइट हाउसमा आएका रिपब्लिकन सांसदहरूलाई भनेका छन्, तपाईहरुलाई थाहा छैन आप्रबासीहरु कति खराब छन्। यिनीहरू मान्छे नै होइनन्, जनावर हुन्।’
ट्रम्पको उक्त बयानलाई लिएर कोलोराडोबाट कांग्रेसका सदस्य जेरेड पोलिसले भने– ‘आप्रवासी मान्छे हुन्, उनीहरू जनावर, अपराधी, लागूपदार्थ कारोबारी वा बलात्कारी होइनन्।’
क्यालिफोर्नियका गभर्नर जेरी ब्राउनले भने– ‘ट्रम्प आप्रवासी, अपराध र क्यालिफोर्नियाको कानुनका बारेमा झुठो बोलिरहेका छन्। अत्यन्तै कडा खालका यो टिप्पणी आफैमा अनौठो पनि हो तर ट्रम्पका लागि भने यो असामान्य होइन।








