काठमाडौं । तराइका जिल्लाबाट नेपाल भित्रिएका सलह किरा यतिबेला नुवाकोटको बिदुर असपास सम्म पुगेको छ ।
हावाको गतिसँगै उढ्ने यी किराहरु सिन्धुली र काभ्रेपलाञ्चोकतिरबाट आएको विज्ञहरुले बताएका छ ।
शनिबारदेखि बारा, पर्सा, सर्लाही, सिन्धुली र रुपन्देहीमा देखिएका यी किराहरु मङ्गलबार काठमाडौंमा हुँदै नुवाकोट सम्म पुगेको हो ।
केन्द्रका सूचना अधिकारी सुवेदीले काठमाडौं उपत्यकामा आएको सलह केही यहाँ खसेको र बाँकी झुण्ड भने आज नुवाकोट पुगेको बताए ।
नुवाकोटको विदुर आसपास जङ्गलमा रहेका सलह किराहरुको सम्बन्धमा कृषि मन्त्रालय र मातहतका निकायले अनुगमन गरिरहेको उनले जानकारी दिए ।
मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ ।
सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ ।
यस बीचमा विश्व खाद्य तथा कृषि सङ्गठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी लिएर सावधानीका उपायसमेत अवलम्बन गरिएको छ ।








