सिंघानिया हत्या प्रकरण : पूर्वमन्त्री साहलाई जन्मकैदकाे फैसला

काठमाडौं । सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा पनि पूर्वराज्यमन्त्री संजय साह ‘टकला’लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ । यसअघि अदालतले पाँचजनाको ज्यान जाने गरी भएको जनकपुरधामको रामानन्द चोक बमकाण्डमा साहलाई जन्मकैदको फैसला सजाय सुनाएको थियो।

सिंहानिया हत्याको करिब १० वर्षपछि १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनवाइ सुरु भएको थियो। मुद्दाको सुनवाई गर्दै जिल्ला अदालत धनुषाका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वराज्यमन्त्री साहसहित दुईजनालाई जन्मकैदको फैसला सुनाएको हाे ।

अदालतले हत्यामा संलग्न रहेको भन्दै सुटर मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ । लामाले संजयले भनेपछि आफूले सिंहानियाको हत्या गरेको अदालतसमक्ष बयान दिएका थिए । साह अहिले ललितपुरको नख्खु कारागारमा छन् भने लामा पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा छन्।

यसैगरी, साहको नजिकका भनिएका रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनीलाई १० वर्ष, चन्द्रदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना गरिएको हो । घटनमा संलग्न भनिए पनि रामकरण, ओमप्रकाश यादव र अंसी राईनले सफाइ पाएका छन् भने दिपेन्द्रलाई मुलतबीमा राखिएको छ ।

सम्बन्धित शिर्षकहरु