राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन अहिले देशका विभिन्न स्थानमा कार्यक्रमहरुमा सम्बोधन गर्दै गर्दा उहाँले अब आउने चुनाव नेपाली जनताका लागि विगतका गल्ती सच्याउने अवसर भएको बताउनु भएको छ । हामीले अब निर्णय गर्ने बेला भएको छ बेलैमा सोच बिचार गरेर पार्टी र नेता छान्ने कोशिस गरौं भन्ने कुरामा उहाँको जोड देखिन्छ ।
गोरखा सदरमुकाममा आज बिहीवार आयोजित आमसभामा उहाँले जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गर्नुभयो । आउँदाे वर्ष हुने तीनै तहको चुनाव सोचेर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गर्नुभयो ।
‘गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्’, भनेर उहाले सबै नेपाली लाई आग्रह गरेका छन। अध्यक्ष लिङ्देनले अब त गम्भीरतापूर्वक सोचेर भोट दिनुस् भनेर सम्पूर्ण नेपाली जनतालाई अपिल समेत गरेका छन ।[Ausnepalnews:Kathmandu]








