काठमाडौं । डा.गोविन्द केसीको जीवन रक्षा माग गर्दै नेपाल चिकित्सक संघले बिहीबारदेखि देशभरिका सरकारी तथा निजी अस्पतालको आकास्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।
डा. केसी अनशनको दिन लम्बिँदै जाँदा उनको स्वास्थ्य बिग्रिएको तर सरकार संवेनदशील नभएको भन्दै संघले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
चिकित्सकहरूको आन्दोलनका कारण लाखौँ बिरामी मर्कामा परेका छन् । चिकित्सकहरूले मध्यान्ह माइतीघर मण्डलामा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन समेत गर्नेछन् ।








