पित्तथैलीको अप्रेसन गर्दा विरामीको मृत्यु, अस्पताल परिसरमा नाराबाजी

काठमाडौ । पित्तथैलीमा समस्या देखा परेपछि ओम अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको मृत्यु भएको छ। पित्तथैलीको अप्रेसनको क्रममा थापाको ज्यान गएपछि परिवार तथा आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन्। विरामी भएर थापा गत शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन्।

विरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले विहीबार विहान परिवारका सदस्यलाई थापाको मृत्युबारे जानकारी गरापछि केही समयको लागि अवस्था तनावपूर्ण भएको थियो। आफन्तहरूले नाराबाजी गर्न थालेपछि प्रहरी त्यहाँ पुगेको छ।प्रहरीले नाराबाजी र भीडलाई नियन्त्रणमा लिएर दुवै पक्षबीच सहमति गराउन जुटेको छ

सम्बन्धित शिर्षकहरु