
काठमाडौँ । प्रहरीले दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । पक्राउ पर्नेमा चलचित्र निर्माता तथा वितरण माधव वाग्ले पनि रहेका छन् । वाग्ले चर्चित चलचित्र लुट, लुट–२, छड्के, रेशम फिलिली लगायत चलचित्रका निर्माता तथा वितरक हुन् ।
प्रहरीले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ ।








