बूढानीलकण्ठ नगरपालिकाले दियो सरकारी जग्गा एनजीओलाई

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आफ्नो स्वामित्वको सरकारी जग्गा विनाप्रतिस्पर्धा गैरसरकारी संस्थालाई दिएको छ। बूढानीलकण्ठ–२ साविक चपली भद्रकाली ६(ख) १ को कित्ता नम्बर ७१ को १३ रोपनी १४ आना सरकारी जग्गा परिवर्तन परिवर्तन सञ्चार समूहलाइ दिएको छ।

अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, जेठ १३ को नगर कार्यकारी बैठकले यो एनजीओलाई गैरनापाmमूलक संस्था भन्दै ३० वर्षका लागि भाडामा दिन सम्बन्धित निकायमा सिफारिस गरेको छ। नगरपालिकाले ‘लिज’मा दिन मन्त्रिपरिषदको निर्णय चाहिन्छ। नगरपालिकाले जग्गा भाडामा दिने निर्णय गराउन प्रधानमन्त्री केपी ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईमार्फत ‘लबिइङ’ गरिरहेको छ।

बूढानीलकण्ठ नगरपालिकाका सूचना अधिकारी टंकराज चिमोरियाले नगरपालिकाले भाडामा दिने निर्णय गरी जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको जानकारी दिए। ‘गैरनाफामूलक संस्थालाई लिजमा जग्गा उपलब्ध गराउने सिफारिस नगरपालिकाले गरेको हो’, उनले भने, ‘लिजमा दिने अधिकार स्थानीय तहलाई हुँदैन, मन्त्रिपरिषदले निर्णय गर्नुपछ।

सम्बन्धित शिर्षकहरु