काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि शुक्रवार थप २९ जनाले अनुमति पाएका छन् । चार समूहका ६ जना महिला र २३ जना पुरुषले सगरमाथा आरोहणका लागि अनुमति पाएका हुन् ।
पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार शुक्रवारसमेत गरी आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या एक सय एक पुगेको छ ।
यस्तै आउँदो सिजनमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अहिलेसम्म २४ समूहका एक सय ८० जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।








