काठमाडौं । नेपाली बलर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आईपीएलको दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको एलिमिनेटर खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले हरायो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले हैदरावादले ८ विकेटको नोक्सानीमा १६२ रन बनायो । मार्टन गुप्टिलले १९ बलमा ३६, मनिष पान्डेले ३०, विजय शंकरले ११ बलमा २५ तथा मोहम्मद नाबीले १३ बलमा २० रन बनाए । कीमो पलले ३ तथा इशान्त शर्माले २ विकेट लिए । दिल्लीले १९।५ ओभर खेल्दै ८ विकेटको नोक्सानीमा जित निकालेको हो ।
ओपनर पृथ्वी शाले ३८ बलमा ५६ तथा रिसभ पन्तले २१ बलमा ४९ रन बनाए । रसिद खान, भुवनेश्वर कुमार र खलिल अहमदले २–२ विकेट लिए । ।अब दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा चेन्नईसँग खेल्नेछ ।








