नाटकीट जीत हात पार्दै टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । आयाक्सलार्ई हराउँदै टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलको दोस्रो लेगमा आयाक्सको घरेलु मैदानमा ३- २ गोलको जीत निकालेपछि समग्रमा ३-३ गोल भएपनि अवे गोलका आधारमा टोटनह्याम विजयी भएको हो। फाइनलमा पुगेको टोटनह्यामले उपाधिका लागि प्रिमियर लिग क्लब लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार राति भएको दोस्रो लेगको खेलमा घरेलु टोलीले खेलको ५ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो। आयाक्सका लागि कप्तान माट्टिस डे लिग्टले अग्रता दिलाएका थिए। यसैगरी खेलको ३५ औं मिनेटमा आयाक्सका हाकिम जियाचले गोल गर्दै टोलीलाई पहिलो हाफमा दोब्बर अग्रता दिलाएउन सफल भएका थिए।

पहिलो हाफमा २-० ले अगाडि रहेको आयाक्सविरुद्द दोस्रो हाफमा टोटनह्यामले उत्कृष्ट कमब्याक गर्यो। टोटनह्यामलाई खेलमा फर्काउन लुकाज माउराले ह्याट्रिक गरे। उनले खेलको ५५ औं ५९ औं र खेलको इन्जुरी समयमा गोल गर्दै टोलीलाई जीत दिलाएका थिए। पहिलो लेगमा १- ० गोलको जीत हात पारेको आयाक्स दोस्रो लेगमा पराजित भएपछि च्याम्यन्सलिगबाट बाहिरनु परेको हो।

सम्बन्धित शिर्षकहरु